Saturday 17th January 2026

नेपालको कोरोना अपडेटः कुल संक्रमित १५९६४, निको भएका ६८११, जम्मा ३५ जनाको ज्यान गयो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन २६४ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र थप एक जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १५९६४ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ भने देशभरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ९११८ जना उपचाररत रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार सोमबार अपरान्ह सम्म कुल ६८११ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरी बाग्लुङ जिल्ला निसीखोला – ३ का २९ वर्षीय पुरूषको मृत्यु भएको छ भने कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । हालसम्म देशभरका २५ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ साय २१ जनाको परीक्षण भएको  छ भने क्वारेन्टाइनमा २९ हजार २ सय १५ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड १५ लाख ८४ हजार भन्दा बढि संक्रमित भइ ६५ लाख ५२ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ५ लाख ३७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...