Saturday 17th January 2026

नेपालमा कोरोना अपडेटः जम्मा संक्रमित १५२५९, निको भएका ६१४३, थप १ जनाको मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ८२३ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र एक जनाको मृत्यु भएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १५२५९ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शुक्रबार अपरान्ह सम्म कुल ६१४३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि काठमाण्डाैं नयाँ बानेश्वरका ८५ वर्षीय पुरूषको कोरोनाको कारण मृत्यु भएको छ भने हाल सम्म ३२ जनाको कोरोनाको कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । हालसम्म देशभरका २३ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि २ लाख ४२ हजार २ साय ४७ जनाको परीक्षण भएको  छ भने क्वारेन्टाइनमा ३५ हजार ४ सय ७२ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड १० लाख ५३ हजार भन्दा बढि संक्रमित भइ ६१ लाख ९१ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ५ लाख २५ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...