Saturday 21st March 2026

विश्वभर कोरोना संक्रमित १ करोड माथि, ५ लाख बढिको मृत्यु, ५४ लाख ८२ हजार भन्दा बढि निको भए


तितोपाटी – कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या एक करोड नाघेको छ । त्यसै गरि ५ लाख भन्दा बढिको मृत्यु भइ सकेको छ भने स्वास्थ्योपचार पश्चत कोरोना जितेर घर फर्कनेको संख्या ५४ लाख ८२ हजार नाघेको छ । COVID-19 world meter मा देखाइएको तथ्यांक अनुसार उपरोक्त विवरण प्राप्त भएको हो ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिले सम्म २५ लाख ९६ भन्दा बढी संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा १ लाख २८ हजारभन्दा बढीको मृत्यु भएको छ भने निको हुनेको संख्या १० लाख ८१ हजार भन्दा बढिले स्वास्थ्य लाभ गरेका छन् ।

दोश्रो नं. मा रहेको ब्राजिलमा करिब १३ लाख १५ हजार संक्रमित भएका छन् भने करिब ५७ हजारको मृत्यु भएको छ भने ७ लाख १५ हजारभन्दा बढी निको भएका छन् ।

त्यस्तै तेस्रो स्थानमा रहेको रुसमा संक्रमितको संख्या करिब ६ लाख ३४ हजार भन्दा बढी संक्रमित भएका छन् । रुसमा कोरोना संक्रमणबाट ९ हजार भन्दा बढीको मृत्यु भएको छ भने ३ लाख ९९ हजारभन्दा बढी निको भएका छन् ।

कोरोना भाइरसको संक्रमणको हिसाबले भारत अमेरिका, ब्राजिल र रुसपछि चौथो स्थानमा भारतमा ५ लाख ३० हजार भन्दा बढि सक्रमित भएका छन् । त्यहाँ कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार बाट उकालो लागेको छ भने कोरोना जित्नेको संख्या ३ लाख ११ हजार भन्दा बढि रहेको छ ।

विश्वका विभिन्‍न देशमा लकडाउन खुकुलो गरेसँगै कोरोना संक्रमण तीव्र रुपमा फैलिइरहेको छ । विश्व स्वास्थ्य संगठनले संक्रमण अझ बढ्न सक्ने चेतावनी दिँदै पूर्वसावधानी अपनाउन आग्रह गरेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...