Friday 16th January 2026

विश्वमा कोरोना संक्रमितको संख्या ९० लाख नाघ्‍यो


विश्वमा कोरोना संक्रमित संख्या ९० लाख नाघेको छ।अमेरिकाको जोन हप्किन्स विश्वविध्यालयले विश्वमा संक्रमित संख्या ९० लाख नाघेको जनाएको हो।

यसैगरी कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ६९ हजार नाघेको उसको तथ्यांक छ।विश्वमा कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित रहेको छ। त्यहाँ संक्रमित संख्या २२ लाख ९१ हजार नाघिसकेको छ भने १ लाख २० हजार बढीको मृत्यु भइसकेको छ।

यसैगरी संक्रमित संख्याको आधारमा ब्राजिल १० लाख ८३ हजार बढी संक्रमित सहित दोश्रो स्थानमा रहेको  छ भने त्यहाँ ५० हजार बढी मानिसको कोरोनाबाट मृत्यु भइसकेको छ।

यस्तै पछिल्लो विश्व विवरण अनुसार रूसमा कोरोनाका कारण ८ हजार बढी मानिसले ज्यान गुमाइसकेको रूसमा संक्रमित संख्या पाँच लाख ९१ हजार पुगेको छ। संक्रमित संख्याको तुलनामा रूसमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या कम छ।

यस्तै संक्रमित संख्याको आधारमा भारत चौथो स्थानमा रहेको छ।

हालसम्म भारतमा ४ लाख २५ हजार बढी मानिसमा कोरोनाको संक्रमण प्रमाणित भइसकेको छ। त्यहाँ १३ हजार मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन्।

–सेतोपाटीबाट 


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...