Tuesday 29th September 2026

कोभिड-१९ निको भएपछि तीन महिनासम्म मजबुत प्रतिरोधी क्षमता


– कोरोना भाइरस संक्रमणबाट निको भएका व्यक्तिको शरीरमा रोगप्रतिरोधात्मक क्षमता दुईदेखि तीन महिनासम्म रहने अध्ययनले देखाएको छ । मेडिकल जर्नल ‘नेचर मेडिसिन’मा प्रकाशित रिपोर्टमा यो नयाँ तथ्य उल्लेख छ ।

यो नयाँ तथ्य कोभिड-१९ विरुद्ध खोप र औषधि बनाउन सहायक हुने रिपोर्टमा उल्लेख छ । निको भएको तीन महिनाभित्र पुनः कोरोना भाइरस संक्रमणको जोखिम कम रहेको पनि अध्ययनमा देखिएको छ ।

– यो नयाँ तथ्य कोभिड-१९ विरुद्ध खोप र औषधि बनाउन सहायक हुने रिपोर्टमा उल्लेख छ । निको भएको तीन महिनाभित्र पुनः कोरोना भाइरस संक्रमणको जोखिम कम रहेको पनि अध्ययनमा देखिएको छ ।

– लक्षण नदेखिएका संक्रमितको रोगप्रतिरोधात्मक क्षमता र त्यसको चरित्र पत्ता लगाउन यो अध्ययन भएको थियो ।

– यसअघिका अध्ययनमा रोगप्रतिरोधात्मक क्षमताले नै संक्रमणबाट मुक्ति मिल्ने तथ्य पत्ता लागेको थियो । तर, संक्रमणमुक्त भएपछि रोगप्रतिरोधी क्षमता कति समय रहन्छ भन्ने निश्चित थिएन ।

– शरीरमा थोरै परिमाणमा रहेको प्रतिरोधी क्षमताले पनि भाइरसबाट बचाउने तथ्य पत्ता लागेको ‘नेचर मेडिसिन’मै प्रकाशित अर्काे अनुसन्धान रिपोर्टमा उल्लेख छ ।

– चीनको वान्जाउस्थित पिपल्स हस्पिटलमा उपचाररत ७४ बिरामीमा पछिल्लो अध्ययन गरिएको हो, जसमा लक्षण देखिएका र नदेखिएका ३७–३७ जना सहभागी थिए । अनुसन्धानकर्ताहरूले लक्षण देखिएकाभन्दा नदेखिएका बिरामीको प्रतिरक्षा प्रणाली कमजोर पाइएको बताएका छन् ।

– लक्षणसहितका भन्दा लक्षणविनाका संक्रमितको शरीरमा प्रतिरक्षा प्रणाली चाँडै कमजोर बन्दै गएको पाइएको छ । संक्रमणपछि निको हुने चरणमा लक्षणविनाका संक्रमितमा रोगप्रतिरोधात्मक क्षमता ४० प्रतिशतले घट्दा लक्षणसहितका संक्रमितको शरीरमा १२.९ प्रतिशतले मात्रै घटेको पाइएको छ ।

– लक्षणसहितका संक्रमितको शरीरमा उत्पादित प्रतिरोधी क्षमता लामो समयसम्म रहने देखिएको छ । कोरोना संक्रमणको चरम अवस्थामा नाकबाट लिइएको ‘स्वाब’बाट पनि ‘आइजिजी’ नाम दिइएको एन्टिबडीको मात्रा लक्षणसहितका भन्दा लक्षणविनाका संक्रमितको शरीरमा कम पाइएको छ । लक्षणविनाका संक्रमितमा ‘आइजिजी एन्टिबडी’ ९३.३ प्रतिशत देखिएको छ भने लक्षणसहितका संक्रमितमा ९६.८ प्रतिशत पाइएको छ ।

-नयाँपत्रिका डेलिबाट


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...