Wednesday 14th October 2026

सोचाईमा परिवर्तन होस राजदुत


तोयानाथ उपेक्षित, कुवेतका लागि नेपाली राजदुत दुर्गा प्रसाद भण्डारीले दुतावासको काम र चिन्ता प्रवासमा रहेका नेपालीहरुको उद्धारका निम्ति छैनकी भन्ने आशंका नगर्न र सोचाईमा परिर्वतन ल्याउन पर्ने बताउनु भएको छ ।

हिजो साँझ नेपाल पत्रकार महासंघ कुवेत शाखाले आयोजना गरेको भिडियो कन्फ्रेन्सलाई सम्बोधन गर्दा राजदुत भण्डारीले सहभागिहरुको प्रश्नको उत्तर दिने क्रममा उक्त कुरा बताउनु भएको हो । जसको जुन क्षेत्रमा जे पहुच र सरोकार जोडिन्छ त्यसले त्यही काम गर्दछ । हामी एनआरएन सँग क्लोज्ली काम गरिरहेका छौ उहाँहरुको सहयोग प्रशंसनिय छ हामी खुशी छौ राजदुतले भन्नु भयो । दुतावासले कुवेतमा रहेका श्रमिकहरुलाई राहत दिएन भन्ने आशयले उठेको सहभागिको प्रश्नको उत्तर दिने क्रममा उहाँले भन्नु भयो दुतावासले सकेको काम दुतावासले गर्दछ एनआरएनले गर्न सक्ने काम उसले गर्दछ ।
यसरी नै एनआरएन एक्लै अघि बढ्न खोज्यो भन्ने प्रश्न एनसीसी अध्यक्ष सुजन केसीतिर तेर्सियो । दर्जनौ संघसँस्था रहेको कुवेतमा एकाध दर्जन संस्था र व्यक्ति एनसीसीको अभियानमा जोडिएको र सकेको सहयोग गर्न एनसीसीले सवैलाई सार्वजनिक ढंगले आब्हान समेत गरेको हुँदा उक्त आरोपमा कुनै सत्यता नरहेको उहाँको स्पष्टोक्ति रह्यो । अहिले र भोलीका दिनमा पनि राहत दिन पर्ने धेरै मानिस छन जसलाई एनसीसीले हामीलाई जोडेन भन्ने लाग्छ उनीहरुलाई सधै स्वागत रहेको भन्दै अध्यक्ष केसीले सहगोगी मन भएका दाता वा सँस्थालाई एनसीसीको अभियानमा जोडिनका लागि आब्हान पनि गर्नु भयो ।

विमान चार्टर गरिने कुरा, त्यसलाई ग्राउण्ड हेण्डिलिंग कसरी गरिन्छ भन्ने लगायतका प्राविधिक कुरा त्रिभुवन विमान स्थलका प्रबक्ता देवचन्द्र लाल कर्णले प्रकाश पार्नु भएको थियो । कन्फ्रेन्समा गैह आवासिय नेपाली संघ अन्तराष्ट्रिय समितीका प्रबक्ता डिबी क्षेत्रीले मल्टिपल च्यानलबाट सरकारसम्म भईरहेका रिर्पोटिंगहरुले पनि भ्रम उत्पन्न गराएको भन्दै सूचनाहरुको एकद्धार प्रणाली बनाउन सके बढि प्रभावकारी हुने आशय व्यक्त गर्नु भयो ।

कुवेत सरकारले कोभिडको संक्रमणको दैनिक हुने ब्रोकाष्टमा कुवेती नागरिक, ईन्डियन, ईजिप्सियन र बंगलादेशीहरुको विवरण मात्र सार्वजनिक हुने गरेको भन्दै नेपाली हालसम्म कुवेतमा के कति संख्यामा संक्रमित भए भन्ने जिज्ञासाको जवाफ भने राजदुतावाससँग नरहेको राजदुतले स्वीकार गर्नु भयो । उहाँको भनाई थियो हामीले माग्यौ तर पाएनौ । उल्लेखित चार देश बाहेका अन्य देशले पनि पाएका छैनन उहाँको स्पष्टोक्ति थियो ।

नेपाल पत्रकार महासँघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यैपानेद्धारा संयोजन गरिएको उक्त कार्यक्रममा यहाँस्थित पत्रकारहरु र अन्य केही व्यक्तिहरुलाई समेटेर गरिएको थियो ।


सम्बन्धित शीर्षकहरु

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले…

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका सल्लाहकारहरू सन् २००९ को फोर्ट हुड गोलीकाण्डका दोषी निदाल मलिक हसनलाई मृत्युदण्ड दिइएको…

सर्वोच्च अदालतले वैयक्तिक स्वतन्त्रता, बन्दी प्रत्यक्षीकरण र अनुसन्धानका क्रममा हुने थुनाको म्याद थपसम्बन्धी महत्वपूर्ण व्याख्या गरेको छ। अदालतले अनुसन्धानका लागि…

प्रतिकृयाहरू
...