Sunday 18th October 2026

कुवेतबाट तेस्रो उडान मार्फत ९ बच्चा सहित १४९ महिला नेपाल पुगे


हरी कृष्ण न्यौपाने-कुवेतबाट एम्नेस्टी मार्फत कुवेत सरकारको आश्रय स्थलमा शरण लिएर बसेका मध्ये तेश्रो उडानबाट ९ बच्चा सहित १४९ महिला कामदारहरु नेपाल नेपाल पुगेका छन।उनीहरु आज जुन-१२,शुक्रबार कुवेतको जजिरा एयरको सिधा उडान मार्फत नेपाल पुगेका हुन।उनीहरु नेपालको समय अनुसार बिहान ११:३० बजे नेपाल उत्रिएका थिए।

नेपाली राजदुताबास कुवेतकी सुचना अधिकारी दितिय सचिब जानकी ओझाका अनुसार कुवेत सरकारको अर्दिया आश्रय स्थलमा रहेका ८ जना आमाका ९ जना बच्चाहरु सहित १४९ जना महिलाहरुलाई आज नेपाल पठाइएको हो।उनले थपिन”क्रमश:आममाफी मार्फत आश्रय स्थलमा रहेका नेपालीहरुलाई कुवेत सरकारले निशुल्क दैनिक उडान मार्फत नेपाल पठाउने छ।भोली पनि २ वटा जजिरा एयरको उडान हुने जानकारी दूताबासमा आएको छ।”

यसै बिच आज नेपाली राजदूताबास कुवेतले आफ्नो फेसबुक पेज मार्फत आममाफी भन्दा बाहेक घर जानै पर्ने अवस्थाका कामदारहरु मध्ये पहिले प्राथमिकतामा परेकाहरुलाई आ-आफ्नो प्रमाण दुताबासमा पठाउन अनुरोध गरेको छ।उक्त अनुरोध यस्तो रहेको छ।

नेपाल सरकारको निर्णयबाट तोकिएको प्राथमिकता क्रममा रहेका गर्भवती महिला, कोरोना बाहेकका गम्भीर रोग लागी विरामी परेकाहरु, नजीकको नातेदारको मृत्यु भइ मृत्यु संस्कारका लागि नेपाल जानु पर्ने व्यक्तिहरु एवं जेष्ठ नागरिक, बालवालिका तथा अपांगता भएका व्यक्तिहरुले आफूसँग भएका प्रमाण वा कागजातहरु यथाशीघ्र दूतावासको फेसबुक पेजको मेसेन्जर इनबक्स वा इमेल [email protected] मा पठाइदिनु हुन अनुरोध छ ।

पुनश्च:कोरोना स्वास्थ्य परीक्षण कहाँँ र कसरी अनी कती शुल्क लिएर गर्ने र चार्टर उडान कहिले हुने बारे पुन: अर्को सुचना निकालेर जानकारी दिइने दितिय सचिब ओझाले बताएकी छन।


सम्बन्धित शीर्षकहरु

भारतमा ‘कोक्रोच जनता पार्टी’का संस्थापक अभिजीत दिप्के प्रहरी नियन्त्रणमा, बेपत्ता बनाइएको आरोपले चर्कियो विवाद भारतको राजधानी नयाँदिल्लीमा ‘कोक्रोच जनता पार्टी’का…

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

प्रतिकृयाहरू
...