Sunday 18th October 2026

कुवेतबाट २९९ जना नेपाली महिला कामदारहरु आज नेपाल पुगे,बच्चा भएकाहरु जान पाएनन्


हरी कृष्ण न्यौपाने-कुवेतबाट एम्नेस्टी मार्फत कुवेत सरकारको आश्रय स्थलमा शरण लिएर बसेका मध्ये २९९ जना नेपाली महिला कामदारहरु आज जुन-११,बिहिबार नेपाल पुगेका छन।कुवेतको जजिरा एयरको दुई वटा सिधा उडान मार्फत उनिहरु नेपाल पुगेका हुन।उनिहरु नेपालको समय अनुसार बिहान ११:३० बजे र दिनको २ः०० बजे नेपाल उत्रिएका थिए।

नेपाली राजदुताबास कुवेतकी सुचना अधिकारी जानकी ओझाका अनुसार दूताबासले उपलब्ध गराएको पहिलो प्राथमिकतामा १२ जना बच्चा सहितको भनिए पनि कानुनी प्रकृया पुरा नभएको भन्दै बच्चा सहितका महिलाहरु आज जान पएनन।उनले भनिन”हामीले कुवेत सरकारको आश्रय स्थलमा रहेका सबै नेपालीहरुको नामावली प्राथमिकता निर्धारण गरी सम्बन्धित निकायलाई दिएका छौ।उहाहरुले क्रमिक रुपमा पठाउने छन।जहा सम्म बच्चा सहितका महिलाहरुको कुरा छ यहाँको कानुनी प्रकृया(क्लिरिएन्स)पुरा गरेर छिट्टै पठाइने छ।”

त्रिभुबन अन्तराष्ट्रिय बिमान स्थलका एयरपोर्ट अपरेशन डाइरेक्टर तथा प्रबक्ता देब चन्द्र लाल कर्णका अनुसार जजिरा एयरको पहिलो उडानमा १५० जना र दोश्रो उडानमा १४९ जना गरी २९९ जना आज नेपाल आई पुगेका हुन।कर्णले थपे”उनिहरुलाई कुवेत एयरपोर्टमा उडान पूर्वनै कोरोना संक्रमण परिक्षण”र्यापिड टेस्ट” गरि पठाइएको थियो।नेपाल एयरपोर्टमा पनि आबश्यक स्वास्थ्य परीक्षण गरी नेपाली शैनिकको सहयोगमा होल्डिङ स्थानहरुमा लगिएको थियो।
होल्डिङ क्षेत्रबाट उनिहरुलाई आफुले भरेको विवरण अनुसार सम्बन्धित स्थानिय निकायले बनाएको सरकारी क्वेरन्टाइन(निशुल्क)मा वा फर्किनेहरुले आँफैले पैसा तिर्न राजी भएमा बिभिन्न होटलहरुमा लगिने छ।”
यसै बिच प्रबक्ता कर्णले भोलीको लागि पनि कुवेतबाट जजिरा एयरले बिहान ११:३०० बजे अबतरण हुने गरि एउटा उडानको लागि अनुमती पाएको छ भने पर्सी १३ जुनका लागि दुई वटा उडानको कुराकानी चलिरहे पनि अनुमती पाईसकेको छैन।बिदेशमा कोरोना संक्रमणको कारणले स्वदेश फर्कनै पर्ने अवस्थामा रहेका नेपालीहरुलाई क्रमश फर्काउने सरकारको निर्णय र आदेश अनुसार बिमानस्थलले तयारी गरिरहेको छ।कर्णले भने”भोली टुर्किस एयरले अमेरिकन तथा केही यूरोपियन नागरिकहरुलाई नेपालबाट फर्काउने उडान अनुमती पाएको छ।त्यसै गरी बंगालादेशबाट फर्किन चाहनेहरुलाई नेपाल एयरलाइन्सले टिकट बुकिङ शुरु गरी सकेको छ।अन्य मुलुकहरुमा पनि तालिका बनाएर क्रमश:उद्दार(चार्टर)उडानहरु हुने बताउदै कर्णले सम्बन्धित मुलुकको दुताबास संग समन्वय गरी जानकारी लिनु हुन सबैलाई अनुरोध गरे।

यसै बिच कुवेत सरकारको आश्रय स्थलमा आममाफी मार्फत २ हजार ९ सय ९१ जना(१ हजार ६ सय ८८ पुरुष र १ हजार ३ सय ३ जना महिला) नेपाल फर्कने उडान कुरेर बसेका छन।उनिहरुलाई कुवेत सरकारले निशुल्क श्वास्थ्य परिक्षण र निशुल्क उडान मार्फत नेपाल पठाउने छ।यसै गरी नेपाली राजदुताबास कुवेतका अनुसार आममाफी बाहेक पनि ४ हजार भन्दा बढीले घर जाने फारम भरेका छन।उनिहरुले भने उडान भाडा र उडान पूर्वको स्वास्थ्य परिक्षण शुल्क आँफै ब्यहोर्नु पर्ने छ तर यसरी फर्कने उडान कहिले र स्वास्थ्य परिक्षण कहाँ र कति शुल्कमा गर्न सकिने भन्ने बारे पूर्ण विवरण भने अझै आईसकेको छैन।


सम्बन्धित शीर्षकहरु

दूर क्षितिजबाट आज तिमीलाई निहारेँ, नयनका बाटोभरि तिम्रै छवि सिँगारेँ। मन्द पवन बनी आयो तिम्रो मधुर सुवास, श्वास–श्वासभित्र राखेँ प्रेमको…

अब सरकारी सडकमा बिटुमिन र असफाल्टको सट्टा कङ्क्रिटलाई प्राथमिकता! स्वदेशी सामग्री प्रयोग गर्न नयाँ निर्देशिका काठमाडौं, असोज ३० — सरकारले…

रुसले पश्चिमी युक्रेनमा आक्रमण गरेपछि पोल्यान्डका लडाकु विमान आकाशमा, हवाई प्रतिरक्षा सतर्क काठमाडौं, अक्टोबर १६ — रुसले पोल्यान्डको सीमासँग जोडिएको…

प्रतिकृयाहरू
...