Friday 20th March 2026

रूपन्देहीकाे तिलोत्तमा – १० मा ५ जनाको सामुहिक हत्या


तितोपाटी – रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । गए राती सुर्खेतका एक जना व्यक्तिले स्थानीय रामबहादुर पुनको गाई फार्ममा संगै कार्यरत ५ जनाको हत्या गरेका हुन् ।

हत्या हुनेहरुमा चार पुरुष र एक महिला छन् । उनीहरु सबै स्थानीय हुन् । मृतकहरुमा माधव मुसहर,जानकी मुसहर, करण चौधरी, आशिष चौधरी, पोषराज मुसहर हुन् । मृतकहरू पाँचै जनाको घाँटीमा चोट देखिएको देखिएको छ ।

गाई फार्ममा ६ जना कामदार थिए । एकजना भुसभित्र लुकेको अवस्थामा फेला परेको र उनी अचेत रहेकाले उपचारका लागि अस्पताल पुर्याइएको रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले बताए । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको एसपी थापाले बताए ।

घटनाबारे बिहानै स्थानीयले खबर दिएपछि मंगलापुर प्रहरी चौकीबाट टोली अपराधस्थलमा पुगेको थियो । त्यसपछि सुर्खेतका झसेन्द्र सिंजालीलाई घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...