Friday 16th January 2026

रूपन्देहीकाे तिलोत्तमा – १० मा ५ जनाको सामुहिक हत्या


तितोपाटी – रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ । गए राती सुर्खेतका एक जना व्यक्तिले स्थानीय रामबहादुर पुनको गाई फार्ममा संगै कार्यरत ५ जनाको हत्या गरेका हुन् ।

हत्या हुनेहरुमा चार पुरुष र एक महिला छन् । उनीहरु सबै स्थानीय हुन् । मृतकहरुमा माधव मुसहर,जानकी मुसहर, करण चौधरी, आशिष चौधरी, पोषराज मुसहर हुन् । मृतकहरू पाँचै जनाको घाँटीमा चोट देखिएको देखिएको छ ।

गाई फार्ममा ६ जना कामदार थिए । एकजना भुसभित्र लुकेको अवस्थामा फेला परेको र उनी अचेत रहेकाले उपचारका लागि अस्पताल पुर्याइएको रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले बताए । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको एसपी थापाले बताए ।

घटनाबारे बिहानै स्थानीयले खबर दिएपछि मंगलापुर प्रहरी चौकीबाट टोली अपराधस्थलमा पुगेको थियो । त्यसपछि सुर्खेतका झसेन्द्र सिंजालीलाई घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...