Tuesday 10th March 2026

जातियताको अन्त्य गराैं, नेपाली भएर बाँचाैं


जानकी जानु बिश्वकर्मा – हिजो “सयौं थुंगा फुलका हामी एउटै माला नेपाली” भनेर चलेको नेपाल भोलि जातले नचलोस सरकार ! प्राचिनकालमा कामको अाधारमा जात छुट्याइए पनि उक्त समयमा जात जति थरिका भए पनि कामकै अाधारमा उच-निच छुट्याइएको थिएन । मध्ययुगिन समयमा अाएर सामन्तवादी सोचको समाज विकसित हुँदै गएपछि छुवाछुत र जातिय विभेदले स्थान पाए पनि अाधुनिक युगमा अाएर त्यस किसिमका अमानविय र रूढीवादी संस्कारको कानुनले नै अन्त्य गरिसकेको अबस्थामा अहिले अाएर जातिय विभेद जस्तो सामाजिक अपराध माैलाउनु कदापी राम्रो संकेत होइन ।

“जस्तो कर्म उस्तै फल” भने जस्तै गलत काम गरेपछि सजायँ त कानुनले देला तर यहाँ सजायँ दिनु मात्रै समाधान होइन, जातिया विभेदको सोच राख्ने समाजलाइ परिवर्तन गराउनु दिर्घकालिन समाधान हो अन्यथा अबको नेपाल जातले नचल्ला भन्न सकिन्न । यसरी नै समाज विकसित भएर गएमा, जातिय विभेदका कारण हिंशा बढ्दै गएमा “विविधतामा अनेकता, अनेकतामा एकता” भन्ने नारा नारामै सिमित रहनेछ । यसले साम्प्रदायिक र जातिय दंगा मच्चिन गइ सिंगो नेपाली समाज नै बिखण्डित भइ नेपाल नै पुनः जातिय राज्यमा नटुक्रेला भन्न सकिन्न ।

अहिलेकै ताजा घटनालाइ हेर्ने हो भने पनि जातिय उच-निचकै कारणले ६ जनाको ज्यान गएको देखिन्छ । गल्ती जुनसुकै पक्षको किन नहोस प्राण नै लिने अमानविय व्यबहार कदापी वान्छनीय हुँदैन । यस किसिमका ब्यवहारले सामाजिक सद्भाव खल्बलिन्छ । सामाजिक सञ्जाल फेसबुक, युटुबमा एकले अर्कालाइ दोष देखाउनु भन्दा पनि उक्त घटनामा जातिय विभेद देखाएर हिंशा गर्नु अत्यन्त क्रुर अपराध हो ।

“कानुनको अनभिज्ञता क्षम्य हुँदैन” भन्ने सर्वमान्य सिद्धान्तलाइ मान्दा पनि नावालिक किशोरीलाइ विवाह गर्न खोज्नु युवकको कम्जोरी नै भए पनि प्रेममा मानिस अन्धो हुने हुँदा प्रेमिकाले नै लिन अाउन भनेपछि अाफ्ना साथीभाइ भएर विवाह गर्न गएको देखिने यो घटनामा आफुलाइ ठुलै जातको भनाैदाहरूले, १९ जना जान किन पर्थ्यो ? किन गएको ? भन्ने देखियो । तर गाउँले भेला जम्मा हुँदा सम्म पनि प्रहरीलाइ किन बोलाइएन ? भन्ने चाहिँ देखिएन । उन्नाइस जनाको हुल गए पनि दुइ पक्षको झडप हो भन्नका लागि केटी पक्षका कोही पनि घाइते नहुनुले केटा पक्ष जवर्जस्ती खेटी भगाउन वा झगडा गर्न गएको भन्ने पुष्टि हुँदैन । यदि त्यहाँको समाज साच्चिकै सहि हुन्थे भने उन्नाइस जनाको हुललाइ पुलिस बोलाइ समात्न पनि सक्थे लखेटी लखेटी मार्थेनन् ।

अन्तरजातिय प्रेममा जातिय विभेदकै कारण यो घटना भएको स्पष्ट छ । घटना हुनुभन्दा केहि समय अघि प्रहरीकै रोहबरमा केटीको उमेर नपुगेको भन्दै विवाह गर्न गराउन नमिल्ने भन्दै फर्काइएकोमा पुनः केटीले घर परिवारले अन्तै विवाह गरिदिन लागेको बताउँदै अाफुलाइ लिन अाउनु भने पछि केटा पक्षका साथीहरू मिलेर केटी लिन जाँदा केटीकी आमाले, तँ डुम कामी फेरी आइस भनि गाउँ समाजलाइ खबर गरि ज्यान मार्ने सम्मको अपराध गर्नु अत्यन्त निन्दनिय कार्य हो । कि कामी, दमै, सार्कीको जात भएकाले माया प्रेम गर्न नै पाइदैन ? समाजमा मानव भएर मानवको ब्यबहारमा बाच्नै नपाउने कस्तो संस्कार हो यो ? हिँजो प्रकाश सपुतलाइ कामी भनी समग्र दलित बर्गलाइ गिजाइयो आज कामी भनी नवराज बिकलाई लखेटी लखेटी मारियो के यहि हो मानवता?

यसरी आफ्नै देशमा नेपाली भएर नेपाली-नेपालीमा जातको नाममा लडाइ गर्दै गयौ भने रगतको खोली नबग्ला भन्न कत्ती पनि सकिँदैन । अनि त्यो बेला न जात रहन्छ न देश यसरी भाइ भाइ जातियताको कारण मार्ने र मर्ने गरियो भनी नेपालको एक भाग छिमेकिले टुक्राउने मात्रै हैन भोली पुरै देश ईन्डिया बनाएर छोड्छ । नवराज बि.क जस्तै हजारौ भाइले जातकै कारण ज्यान गुमाउने हो भने देश ननांगिएला भन्न कत्ती पनि सकिँदैन । आज म भित्र एउटा ज्वाला फुटेको छ कि म एक्लै गएर ती जात भनी उर्लनीहरुलाइ म आफै गेडेर रगतको खोला बगाउ त्यस्तै अरु दाजु भाइ दिदी बैनिको मन भित्र त्यस्तै ज्वाजा फुट्यो भने पक्कै पनि हिँजो काली गंगा सेती गंगा रापाती नारायणी भेरी बगेको खोलामा रगत नबग्ला भन्न सकिन्न ।

त्यसैले यो जातियताको अन्त्य गरौ हामी नेपाली हौ नेपाली भएर बसौ भन्ने सोच राखौ । जातिय संकिर्णता बोकेर हामी कहिल्यै पनि अघि बढ्न सक्दैनाै । जातियताको पछि लागेको भए विश्व मानब जगत यति अघि बढ्ने थिएन । यस घडिमा नवराज बि.क भाइ संगै जातिय विभेदको भूमरिमा परेर ज्यान गुमाउनेका परिवारलाइ न्याय दिइयोस । जातियताको कारणा ज्यान गुमाउने भाइहरु प्रती हार्दिक श्रद्धाञ्जली । सत्य तथ्य छानबिन गरि दोषीलाई कडा भन्दा कडा कारबाही होस । समाजलाइ सुधार गरी जातियताको खाडलबाट निकाल्ने तर्फ सरकार तथा सरोकारवाल सबैको ध्यान जाओस । जातियाताको कारण ज्यान गुमाउनेहरुलाइ सरकारले सहिद घोषण गरोस ।

नोटः उपरोक्त विचारहरू पंतिकारको व्यक्तिगत विचार भएकोले सर्वाधिकार पंतिकारमा निहित रहेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...