Wednesday 14th January 2026

नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुग्यो, १८७ निको भए, ५ जनाको मृत्यु


तितोपाटी – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १०४२ पुगेको छ भने कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। बिहिबार मात्रै १५६ कोरोनाभाइरस सङ्क्रमित थपिएको र थप एक जनाको मृत्यु भएको बिहीवार पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिएका हुन् । दैनिक संक्रमित हुनेमा यो संख्या अहिलेसम्म कै अधिक हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म कोरोनामुक्त हुनेको सङ्ख्या १८७ पुगेको छ भने ७७ जिल्ला मध्ये ५२ जिल्लामा कोरोना संक्रमण फेलिसकेको छ । त्यसै गरि कोरोना भाइरसबाट बाट मृत्यु हुनेको संख्या अब ५ पुगेको छ। अहिले पुष्टि भएका व्यक्ति ललितपुरका ५६ वर्षीय पुरुष भएको मन्त्रालयले जनाएको छ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ५८ लाख ७ हजार भन्दा बढि संक्रमित भइ २५ लाख १० हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ३ लाख ५७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार भने कि यदि इरानका अधिकारीहरूले सरकार विरुद्धको लोकप्रिय विद्रोहको दमनमा मानिसहरूलाई फाँसी दिन थाले भने संयुक्त…

गुलाम नवी मन्सुर/ कुवेत - नेपाली राजनीतिको रङ्गमञ्चमा यतिबेला एउटा यस्तो 'नग्न नाच' मञ्चन भइरहेको छ, जसलाई हेरेर दर्शक (जनता)हरू…

एसोसिएटेड प्रेस समाचार एजेन्सीले रिपोर्ट गरेको छ कि संयुक्त राज्य अमेरिकाले इजिप्ट, लेबनान र जोर्डनका मुस्लिम ब्रदरहुड संगठनहरूलाई "आतंकवादी" समूहको…

प्रतिकृयाहरू
...