Wednesday 25th March 2026

नेपालमा कोरोना संक्रमितको संख्या १०४२ पुग्यो, १८७ निको भए, ५ जनाको मृत्यु


तितोपाटी – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १०४२ पुगेको छ भने कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ पुगेको छ। बिहिबार मात्रै १५६ कोरोनाभाइरस सङ्क्रमित थपिएको र थप एक जनाको मृत्यु भएको बिहीवार पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ४२ पुगेको जानकारी दिएका हुन् । दैनिक संक्रमित हुनेमा यो संख्या अहिलेसम्म कै अधिक हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म कोरोनामुक्त हुनेको सङ्ख्या १८७ पुगेको छ भने ७७ जिल्ला मध्ये ५२ जिल्लामा कोरोना संक्रमण फेलिसकेको छ । त्यसै गरि कोरोना भाइरसबाट बाट मृत्यु हुनेको संख्या अब ५ पुगेको छ। अहिले पुष्टि भएका व्यक्ति ललितपुरका ५६ वर्षीय पुरुष भएको मन्त्रालयले जनाएको छ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ५८ लाख ७ हजार भन्दा बढि संक्रमित भइ २५ लाख १० हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ३ लाख ५७ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...