Tuesday 24th March 2026

नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुग्यो, निको हुने ८९ जना पुगे


तितोपाटी – नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुगेको छ । शनिबार मात्रै थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ । त्यसै गरि शनिबार १९ जना कोरोना मुक्त भएपछि नेपालमा कोरोना मुक्त हुनेको संख्या पनि ८९ पुगेको छ । कोरोना मुक्त हुनेहरू बुटवल कोरोना अस्पतालका १० जना र वीरगन्ज स्थित नारायणी अस्पतालका ९ जना रहेका छन् । नेपालमा हालसम्मकोरोना संक्रमणबाट ३ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म नेपालका ७७ जिल्लामध्ये ४१ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । नेपालमा सबैभन्दा बढी संक्रमित बाँकेमा जिल्लामा देखिएका छन्। हालसम्म सबैभन्दा कम उमेरका २ महिनाको शिशुमा र बढीमा ८१ वर्षिया बृद्धामा कोरोना पुष्टि भएको छ । दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नेपालमा अहिले त्रासको अबस्था सृजना भएको छ साथै लकडाउनमा पनि थप कडाइ गरिएको छ ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ५३ लाख १७ हजार भन्दा बढि संक्रमित भइ २१ लाख ४० हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ३ लाख ४२ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...