इच्छा कसलाइ थियो हजुर
जान परदेश बिरानो हात समाइ ।
जग्गा जमीन घरखेत सबै
साहुको हातमा थमाइ ।।
घरमा बृद्ध आमा-बुवा
जिवनसंगी काख दुधे बालक ।
छोडी पुगें खाडी मुलुक हजुर
जागिर ट्रेलर चालक ।।
कतिखाएँ हन्डर ठक्कर छैन लेखाजोखा ।
म जस्तै छन् धेरै यहाँ दुखि नाङ्गा भोका ।।
कोहि हेर बिना भिसा कोहि छन् त जेलमा ।
म पनि त बग्न पुगें बैदेशिक रोजगारीको भेलमा ।।
आज भन्दै भोलि भन्दै बित्यो ३ वर्ष ।
आफ्नो जन्मभूमि फिर्ने बहुत थियो हर्ष ।।
फर्किने दिन पक्का भयो सबैे ठिक्क पारें ।
कोभिड भन्ने बेइमान आयो भन्ने खबर पाएं।।
लकडाउन छ यता पनि दुःखी हुदै हुदै ।
अहिले म छु परदेशमै बस्छु रुदै रुदै ।।
लकडाउन को दिन गन्ति गरेर ।
घर जान पाउँला कि भनेर ।।
हजुर घरजान पाउँला कि भनेर ।।।
रचनाकारः राम भण्डारी