Saturday 31st January 2026

नेपालमा कोरोना संक्रमितको संख्या ४ सय बाट उकालो लाग्यो


तितोपाटी – नेपालमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको कुल संख्या ४०२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सो कुराको पुष्टि गरेका हुन् ।

हालसम्म कोरोनाभाइरसको संक्रमण नेपालका ३८ जिल्लामा फैलिएको छ । कोरोना संक्रमित जिल्लाहरूमा बाँके, पर्सा, कपिलवस्तु, उदयपुर, रूपन्देही, रौतहट, झापा, काठमाडौं, धनुषा, बारा, दाङ, कैलाली, मोरङ, सर्लाही, चितवन, महोत्तरी, भक्तपुर, बाग्लुङ, बर्दिया, धादिङ, मकवानपुर, नवलपरासी (पूर्व), सुनसरी, भोजपुर, दैलेख, धनकुटा, गुल्मी, कञ्चनपुर, काभ्रेपलाञ्चोक, खोटाङ, लमजुङ, नवलपरासी (पश्चिम), रामेछाप, सप्तरी, सिन्धुली, सिन्धुपाल्चोक, सिरहा र ललितपुर रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमणबाट मुक्त भइ अहिले सम्म कुल ३७ जनाले स्वास्थ्यलाभ गरिसकेको अबस्था छ भने सिन्धुपाल्चोककी एक जना २९ वर्षीया महिला र बाँकेका एक जना २५ वर्षीय युवा गरि जम्मा २ जनाको मृत्यु भएको छ ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...