Saturday 31st January 2026

नेपालमा कोरोना संक्रमितको संख्या ३९० पुग्यो, संक्रमण ३४ जिल्लामा फैलियो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट नेपालमा अहिले समम ३९० जना संक्रमित भएका छन् भने नेपालका ३४ जिल्लामा कोरोना संक्रमित पुष्टि भएका छन् । पछिल्लो पटक झापाका ९, सुनसरीका २ र कपिलवस्तुका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस अघि सोमबार राती १८ जनाको कोरोना संक्रमण पुष्टि भएको थियो जसमा बाँकेको नरैनापुरका १२ पुरुष, धनुषाका २ पुरुष, दैलेख, सुनसरी, झापा र खोटाङका एक-एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना भाइरसको महामारीबाट अहिले सम्म ४८ लाख ४६ हजार भन्दा बढि संक्रमित भइ १८ लाख ६४ हजार भन्दा बढिले स्वास्थ्य लाभ गरिसकेका छन् । त्यसै गरि मृत्यु हुनेहरूको संख्या ३ लाख २० हजार नाघिसकेको छ भने नेपालमा कोरोना संक्रमणबाट २ जनाको ज्यान गइसकेको छ ।पछिल्ला केहि दिन यता नेपालमा कोरोना संक्रमितको संख्या वढ्दो क्रममा देखिएको छ ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...