Saturday 31st January 2026

नेपालमा कोरोना संक्रमितको कुल संख्या २७८ पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूप लिएको कोभिड – 19 भाइरसबाट नेपालमा अहिलेसम्म २७८ जना सक्रमित भएका छन् । शनिबार मात्रै यस भाइरसबाट थप ११ जना सक्रमित भएका हुन् ।

शनिवार ११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कपिलवस्तुका तीन, पर्साका दुई तथा बर्दिया, सिराहा, सर्लाही र चितवन, महोत्तरी र काभ्रेका एक-एक जनामा सङ्क्रमण देखिएको पुष्टि भएको थियो।

अहिलेसम्म नेपालमा कसैको पनि कोभिड-१९ का कारण मृत्यु भएको पुष्टि भएको छैन तर काठमाण्डूस्थित शिक्षण अस्पतालमा सुत्केरी भई घर फर्किएकी सिन्धुपाल्चोककी एक २९ वर्षीया महिलाको कोरोना भाइरसको कारणले मृत्यु भएको भनि विभिन्न मिडियामा समाचार प्रकाशित भए पनि सो विषयमा अनुसन्धान भइरहेको मन्त्रालयका प्रवक्ताले बताएका छन्।

वैशाख २३ गते अस्पताल भर्ना भएकी उनले भोलिपल्ट बच्चा जन्माएको र वैशाख २५ गरे घर फर्किएकी थिइन्।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...