Tuesday 24th March 2026

नेपालमा कोरोना संक्रमितको कुल संख्या २७८ पुग्यो


तितोपाटी – विश्वव्यापी महामारीको रूप लिएको कोभिड – 19 भाइरसबाट नेपालमा अहिलेसम्म २७८ जना सक्रमित भएका छन् । शनिबार मात्रै यस भाइरसबाट थप ११ जना सक्रमित भएका हुन् ।

शनिवार ११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कपिलवस्तुका तीन, पर्साका दुई तथा बर्दिया, सिराहा, सर्लाही र चितवन, महोत्तरी र काभ्रेका एक-एक जनामा सङ्क्रमण देखिएको पुष्टि भएको थियो।

अहिलेसम्म नेपालमा कसैको पनि कोभिड-१९ का कारण मृत्यु भएको पुष्टि भएको छैन तर काठमाण्डूस्थित शिक्षण अस्पतालमा सुत्केरी भई घर फर्किएकी सिन्धुपाल्चोककी एक २९ वर्षीया महिलाको कोरोना भाइरसको कारणले मृत्यु भएको भनि विभिन्न मिडियामा समाचार प्रकाशित भए पनि सो विषयमा अनुसन्धान भइरहेको मन्त्रालयका प्रवक्ताले बताएका छन्।

वैशाख २३ गते अस्पताल भर्ना भएकी उनले भोलिपल्ट बच्चा जन्माएको र वैशाख २५ गरे घर फर्किएकी थिइन्।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

आजको विश्व तीव्र रूपमा प्रविधिमुखी बन्दै जाँदा युद्धको स्वरूप पनि गहिरो परिवर्तनको चरणमा पुगेको छ। कुनै समय बन्दुक, ट्याङ्क र…

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको नवनिर्वाचित कार्यसमितिले पहिलो बैठक तथा रणनीतिक कार्यशाला सम्पन्न गर्दै आगामी कार्यकालका लागि व्यापक…

प्रतिकृयाहरू
...