Saturday 31st January 2026

कोरोना अपडेटः सप्तरीमा पनि कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १२१ पुग्यो


तितोपाटी – सप्तरी जिल्लामा पनि कोरोना भाइरस संक्रमित भेटिएका छन्। डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना सं‌क्रमण देखिएको हो।

संक्रमित युवक हाल स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ। आज (सोमबार) नै कपिलवस्तु जिल्लाका १० जनामा युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो।

महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट विश्वभरमा अहिले सम्म ४२ लाख भन्दा बढी संक्रमित भएका छन् भने १५ लाख भन्दा बढिले स्वास्थ्य लाभ गरिसकेको यो रोगबाट अहिले सम्म २ लाख ८४ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलाले आफ्नो तेल क्षेत्रमाथिको दशकौँ पुरानो राज्य नियन्त्रण हटाउने विधेयक पारित गर्नु केवल नीतिगत सुधार मात्र होइन, यो देशको आर्थिक,…

बेलायती प्रधानमन्त्री केयर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीचको हालैको भेट केवल कूटनीतिक औपचारिकता मात्र होइन, तर परिवर्तनशील विश्वव्यापी…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई उसको आणविक कार्यक्रमबारे वार्ताका लागि समय सकिँदै गएको भन्दै कडा चेतावनी दिएका छन्। यो चेतावनी…

प्रतिकृयाहरू
...