Friday 20th February 2026

अर्को एउटा नयाँ पृथ्वी पत्ता लाग्यो


तोयानाथ उपेक्षित, सधै कोरोनाको विषयमा केन्द्रित चिन्ता र भयले अन्य सवै गतिविधीहरुलाई ओझेलमा परेका छन । खगोलिय अनुसन्धान र त्यसले प्राप्त गरेका नयाँ खोजहरुका समाचार पनि खासै खोजिने र पढिने समाचार हुन छाडेका छन । तर कोरोनालाई जति महत्व दिएर हामी हेर्दछौ कोरोना फोवियाले पनि त्यति नै हामीलाई सताईरहन्छन यसर्थ आउनुस आज खगोलिय अनुसन्धानको एउटा नयाँ उपलब्धिलाई हेरौं ।

ब्रह्माण्डमा रहेका लाखौं ताराहरुको अध्ययनको क्रममा बैज्ञानिकहरुको एउटा अनुसन्धानले पृथ्वीकै आकारको अर्को पृथ्वी पत्ता लगाएका छन । जसलाई एम १ नाम दिईएको छ । यो ग्रह जीवन यापन गर्न योग्य रहेको बताईएको छ । पृथ्वी भन्दा १ दशमलब १ ठुलो आकार यसको छ । अर्थात लगभग पृथ्वी जत्रो ।

यसको सतहमा पानी भएको कारण त्यहाँ जीवन र बातावरण हुन सक्ने बैज्ञानिकहरुको तर्क छ । केप्लर टेलिस्कोपको सहायताले पत्ता लगाएको यो ग्रह आकाश गंगामा पाईएको हो । यसले एउटा धुलाम्य सुर्यको परिक्रमा गर्दछ । हाम्रो सूर्यको भन्दा कम ताप भएको उक्त ताराको वरिपरी जम्मा ५ वटा ग्रहहरुको समुहले परिक्रमा गर्ने गरेको खगोल विद थोमस बार्कले बताएका छन । उनको भनाईमा आकाश गंगाको ७० प्रतिशत क्षेत्र यसले एक्लै ओगटेको छ । यसको बाहिरी सतहमा परिक्रमा गर्ने एम १ नै जीवनको संभावना भरपुर भएको ग्रह हो ।

बैज्ञानिकहरुले केप्लर टेलिस्कोबाट जीवनको अस्तित्व रहेका ग्रह खोज्ने क्रममा अहिले सम्म ३ हजार पिण्डहरु पत्ता लगाई सकेका छन । गत बर्ष अप्रिलमा मात्र एम १ जस्तै एउटा अर्को ग्रहको झुण्ड पत्ता लगाएका थिए । जसलाई ६२ बी, सी, डी, ई र एफ भनेर चिनिन्छ । ती मध्ये ६२ बी र ६२ ई को साईज पृथ्बी भन्दा केही ठुलो अर्थात क्रमस १ दशमलब ४ र १ दशमलब ६ रहेका छन । ६२ बी जीवनको संभावना अधिक रहेको ग्रह हो । ठिक यसैगरी अहिले पत्ता लगाएको एम १ को समुहमा पनि ५ वटा पिण्डहरुले तिनको सूर्यको परिक्रमा गर्दछन । एम १ पृथ्वीबाट २ सय प्रकाश बर्ष टाढा रहेको छ । यो ग्रह सम्बन्धि विस्तृत जानकारी भने अर्को बर्ष सम्ममा प्राप्त भईसक्ने खगोल विदहरुले बताएका छन ।

सत्रौ शताव्दिका खगोलिय जर्मन बैज्ञानिक जोहान्स केपलरको नामबाट तयार गरिएको केप्लर टेलिस्कोपको औपचारिक उदघाटन सन २००९ मा गरिएको थियो । यसले ग्रहहरुको सतहको र सतह मुनीको चाल मापन गरेर त्यसको आकार र विशेषता मापन गर्ने गर्दछन । उनीहरुका अनुसार साना ग्रहहरुको आवाज ठुलो र ठुला ग्रहहरुको आवाज सानो हुने गर्दछ । उक्त टेलिस्कोपले ३० मिनटमा करिब १ लाख ५० हजार ताराहरुको गति मापन गर्न सक्दछ । अहिले सम्मको अनुसन्धानमा पृथ्वीको दुई गुणा ठुलो साईजको एक हाविटेवल जोन अर्थात जीवनको पुरै संभावना भएको ग्रह पनि पत्ता लगाएको छ जसलाई सुपर अर्थ भनिन्छ ।


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...