Sunday 21st December 2025

कुवेतमा कोरोना अपडेट : ४ नेपाली सहित ९१० जना संक्रमित


हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा हाल सम्म ४ नेपाली सहित ९१० जना संक्रमित भएका छन । कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घण्टामा एक नेपाली सहित ५५ जनामा कोरोना संक्रमण देखिएको हो जसमा ३६ जना भारतीय नागरिक रहेका छन।

केही दिन देखिको पछिल्लो प्रकाशित सरकरी डाटा हेर्दा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ भने त्यसमा पनि भारतीयहरु अत्याधिक  रहेका छन।त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ।

आज प्रकाशित समाचारमा जनाईए अनुसार जम्मा ९१० संक्रमित मध्ये २२ जना सिकिस्त रहेको जनाइएको छ भने अहिले सम्म १११ जनाले स्वास्थ्य लाभ गरिसकेका छन।कुवेतमा हालसम्म एक जना भारतीय नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...