Sunday 21st December 2025

लकडाउनमा नेपालकै कारणले रेमिटेन्स भित्रिन रोकियो


तोयानाथ उपेक्षित, बैदेशिक रोजगारीमा रहनेहरुले आफ्नो परिवारलाई नेपाल पैसा पठाउन पाईरहेका छैनन । कुवेतमा रहेका मनि ट्रान्सफर कम्पनीहरुमा पुगेका नेपालीहरु घर पैसा पठाउन नपाउदा चिन्तित बनेका छन । नगद मुक्तानी नेपालमा लकडाउनका कारण हुन नसक्ने भएकाले उतैबाट रोकिएको यहाँका एक्सचेन्ज कम्पनीहरुले बताएका छन ।

कोभिड १९ को संक्रमण फैलनबाट रोक्नका लागि लगभग विश्वभरी लकडाउनको स्थिती छ । तर विदेशमा रहेका बैंकिङ कारोवार गर्ने संस्थाहरुलाई कारोवार बन्द गर्न भनेको छैन । यसर्थ यो समस्या नेपालको कारणले भएको देखिन्छ । कुवेतमा लकडाउनको समयमा पनि फार्मेसी, सुपरमार्केट, बेकरी, ग्रोसरी र अस्पताल जस्तै मनिएक्सचेन्जहरु खुल्ला रहेका छन ।

अलमुल्ला एक्सचेन्ज नेपाल कोअर्डिनेटर भुवन सुवेदीले कोसेली न्युजसँग कुरा गर्दै भन्नुहुन्छ “एउटा नेपालीले लगभग ५० हजार मात्र पठाउदा पनि उक्त एक्सचेन्जबाट दैनिक २ करोड ५० लाखको रेमिटेन्स नेपाल जानबाट रोकिएको छ” । नेपालमा भएको लकडाउनको कारण रेमिटेन्स कम्पनीहरुले अहिले नेपालको सेवालाई निस्क्रिय पारेका छन । यसैगरी युएई एक्सचेन्ज कुवेतका सीटी एरिया म्यानेजर राम बस्नेतका अनुसार “उहाँको एक्सचेन्जबाट सरदर मासिक ५० करोड रेमिट्यान्स नेपाल जाने गरेको छ । कुनै एक्सचेन्जहरुले ग्राहकलाई सेवा दिएका भए पनि नेपालमा तुरुन्त भुक्तानी हुने संभावना देखिन्दैन । बस्नेत भन्नुहुन्छ नेपाल राष्ट्रिय बैैकको खजना शाखा निश्चित समयका लागि दैनिक खुला रहने भएकाले पठाउन सकिन्छ” । उसो भए नेपालीहरुले पठाएको पैसा तिनका परिवारले तुरुन्त पाउन सक्छन त भन्ने प्रश्न गर्दा “त्यो त्यहाको नजिकको सेवा सर्भिस दिने शाखामा भर पर्ने र केहीमा ढिलो पनि हुन सक्ने बताउनु हुन्छ” । तर सुवेदीको तर्क भने फरक छ । “ग्राहकको पैसा होल्ड गर्दा ३० दिन पछि पैसा व्याक हुने गर्दछ । त्यस अवधीमा रेटको फरकले पार्ने समस्या छुट्टै हुने हुदा अहिले हामीले नेपालतिरको बाटो स्पष्ट नहुदा सम्म नलिएका हौ । उहाँले यो समस्या केही दिनमा नै टुंगो लाग्ने पनि बताउनु हुन्छ” ।

कुवेतमा अलमुल्ला, युएई, लुलु, बीईसी, मुजेनी, डलरको, लगायत दर्जनौ मनि ट्रान्सफर कम्पनीहरु छन । सवैबाट नेपाल जाने एक मुष्ट रेमिट्यान्सको रकम निक्कै ठुलो छ । एक तथ्यांक अनुसार नेपालमा धेरै रेमिट्यान्स जाने मुलुकको नवौ नम्बरमा कुवेत पर्दछ ।

यसरी नै थर्ड पार्टी हुदै व्याक्तिको एकाउन्टमा जाने पैसा मा पनि समस्या रहेको बताईन्छ । सवै बैंकहरुको बीच यसलाई समन्वयात्मक निकाश नदिदा सम्म बैंक एकाउन्टमा एक्सचेन्जहरुलाई ट्रान्सफर गर्न गाह्रो हुने हुन्छ । पैसा पठाउने कामदारहरुले एक्सचेन्जमा दुरी कायम गरेर आफ्नो पालोमा पैसा पठाए जस्तै नेपालमा पैसा निकाल्न पाउने गरी तत्काल कुनै पहल नभए बैदेशिक रोजगारीको भरमा बाँचेका परिवारलाई निक्कै कठिनाई आईपर्ने देखिन्छ ।

बैदेशिक रोजगारीमा काम गरिरहको मानिसहरुको तलब कतिपय कम्पनीले हरेक महिनाको २० तारिकबाट हाल्न शुरु गर्दछन भने कतिपय कम्पनीले महिनाको अन्तिम साता र आउदो महिनाको पहिलो साता सम्ममा पठाउछन । अहिले तलब बुझ्ने समयमा घर परिवारमा पठाउने पैसा व्याक्तिका जेबमा फ्रिज हुदा अनावश्यक फजुल खर्च बढ्ने हुन्छ । यसो हुदा तिनको परिवारलाई मात्र नभएर समग्र मुलुकमा जाने रेमिटेन्समा पनि असर पर्ने देखिएको छ । नेपाल सरकार र सम्बन्धित निकायले बैदेशिक रोजगारबाट घर परिवारमा पठाईने पैसालाई सहज ढंगले पाउन सक्ने बातावरण मिलाउन जरुरी देखिन्छ ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...