Monday 17th August 2026

इटालीका सेना प्रमुखलाई पनि कोरोनाभाइरस, १३३ जनाको मृत्यु


तितोपाटी – कोरोनाभाइरसको संक्रमणबाट इटालीमा एकैदिन १३३ जनाको मृत्यु भएको  इटालीले जनाएको छ।

बिबिसीका अनुसार योसँगै इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३६६ पुगेको छ।

त्यहाँ नयाँ संक्रमितको संख्या पनि २५ प्रतिशतले बढेको छ। यो संख्या ७,३७५ बाट ५,८८३ मा पुगेको त्यहाँको नागरिक सुरक्षा निकायले जनाएको छ।

यसैगरी इटालीका सेनाप्रमुख साल्भातोरे फारिनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमित सेनाप्रमुख फारिनाले आफू ठीक रहेको र ‘स्व-‍क्वारेन्टाइन’मा रहेको बताएका छन्।

संक्रमण नियन्त्रणका लागि इटालीले पछिल्लो समय निक्कै कडा कदम चालेको छ।

उसले लोम्बार्दी र १४ प्रान्तका १ करोड १६ लाख मानिसको आवतजावतमा कडाइ गरेको छ। विशेष अवस्थामा बाहेक बिना अनुमति घरबाहिर ननिस्कन भनेको छ।

प्रधानमन्त्री जुजेपे कोन्टेले कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राख्दै देशभरका स्कूल, कलेज, जिमखाना, म्यूजियम, नाइट क्लब लगायतका सार्वजनिक स्थलहरू बन्द गर्ने घोषणा गरिसकेका छन्।

यो प्रतिबन्ध अप्रिल ३ सम्म लागु हुनेछ।

पछिल्लो आँकडाले इटाली कोरोनाभाइरसको संक्रमणबाट चीनपछि सबैभन्दा प्रभावित देश बनेको छ।

यसअघि दक्षिण कोरिया चीनपछि दोश्रो नम्बरमा सबैभन्दा बढी प्रभावित मुलुक थियो। दक्षिण कोरियामा हालसम्म ७ हजार ३ सय १३ वटा मामिलाहरू पुष्टि भएका छन्।

कोरनाभाइरसको संक्रमणका कारण इटालीको एक चौथाइ जनसंख्यालाई प्रभावित पारेको छ।

यसैगरी विश्व व्यापीरुपमा १ लाख ७ हजार मानिस यसको संक्रमणमा परेका छन् भने ३६ सय जनाको मृत्यु भएको छ। यसबाट चीनले सबैभन्दा ठूलो कष्ट बेहोरेको छ बने पछिल्लो समय इरानमा पनि यसको संक्रमण उच्च देखिएको छ।

इरानमा ६ हजार ५ सय ६६ मा कोरोना भाइरस पुष्टि भएको छ भने १९४ जनाको ज्यान गइसकेको छ।

यो समाचार सेटोपाटीबाट साभार गरिएको हो ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र…

भारतको बिहार राज्यस्थित लखीसराय जिल्लाको अशोक धाम मन्दिरमा विद्युत् पोल खस्दा उत्पन्न भागदौडजस्तै घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ…

निरन्तर वर्षाका कारण देशका विभिन्न भागमा पहिरो, सडक भासिने तथा नदी कटानको समस्या बढ्दै गएको छ। यसका कारण देशभरका कम्तीमा…

प्रतिकृयाहरू
...