Thursday 19th March 2026

कोरोना भाइरसविरुद्धको खोप पत्ता लगाएको अमेरिकी वैज्ञानिकको दाबी


काठमाण्डाै – अमेरिकाको एउटा कम्पनीले कोरोना भाइरस (काेभिड–१९) विरुद्धको खोप प्रयोगका लागि तयारी भएको बताएको छ ।

अमेरिकी बायोटेक फर्म मोडर्नाले कोरोना भाइरसको खोप बनाएर अमेरिकी सरकारका अनुसन्धानकर्ताहरूलाई पठाएको र त्यो खोप प्रयोग गर्न योग्य भएको बताएको समाचार संस्था सीएनएनले जनाएको छ ।

सम्भावित खोपको पहिलो परीक्षण आउँदाे अप्रिल महिनामा सुरु हुन सक्ने तर परीक्षण र अनुमोदनको प्रक्रिया कम्तीमा एक वर्षसम्म रहने पनि कम्पनीले जनाएको छ ।

यसैबीच कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार सात सय ६४ पुगेको छ । चीनमा मात्र पछिल्लो २४ घण्टामा थप ५२ जनाले ज्यान गुमाएर ज्यान गुमाउनेको सङ्ख्या दुई हजार सात सय १५ पुगेको छ ।

चीनबाहिर कम्तीमा ४९ जनाले ज्यान गुमाएका छन् । इटलीमा ११ जना तथा दक्षिण कोरियामा १० जनाले ज्यान गुमाएकाे बीबीसीले जनाएको छ । कोरोनाबाट सङ्क्रमितको सङ्ख्या झण्डै ८१ हजार पुगेको छ ।

-उज्यालो अनलाइनबाट


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...