Sunday 6th October 2024

कुवेत लगायत प्रायः सवै खाडी राष्ट्रमा कोरोनाको प्रवेश


तोयानाथ उपेक्षित – कुवेतमा कोरोना भाईरसको त्रासले पुरै देश हल्लिएको छ । हिजो सम्म कोरोनामुक्त भनिएको थियो तर आज स्वास्थ्य मन्त्रालयले घोषण गर्दै तिन जना कोरोना संक्रमितलाई क्वारेन्टाईनमा राखेर उपचार भईरहेको जनाएको छ ।

समाचारहरुमा भनिए अनुसार कुवेतमा पाइएका कोरोना संक्रमित तीन जना मध्ये एक जना कुवेती नागरिक बर्ष ५३, एक जना बेदु स्टेट लेस बर्ष २१ र एक जना साउदी नागरिक बर्ष ६१ को भएको जनाईएको छ । एक अर्को समाचार अनुसार एक जनामा कोरोनाको लक्षण पाईए पनि दुई जना अनुसन्धानकै क्रममा रहेको समेत भनिएको छ । यी तिनै जना ईरानको उत्तरी भाग मसादबाट आएका थिए । समाचार अनुसार ईरानमा ५० जना भन्दा धेरैको कोरोनाका कारण मृत्यु भैसकेको छ तर ईरानी अधिकारीहरुले उक्त तथ्यांकलाई गलत बताएका छन । उनीहरुका अनुसार १४ जनाको मृत्यु भएको छ यसरी नै दक्षिण कोरियामा ८ जनाको मृत्यु भईसकेको छ ।

खाडीकै अर्को देश बहराईनमा पनि एक जना कोरोना संक्रमित पाईएको कुरा पुष्टि भएको छ । ती व्याक्ति पनि इरानबाट नै आएका थिए । अफगानिस्तानमा पनि एक जनामा नोभेल कोरना भाईरस पाईएको छ तिनी पनि ईरानबाट नै आएका थिए । ईरानसँग कुवेतले हवाई सम्पर्क विच्छेद गरेको छ तर त्यहाँबाट कुवेत आएकाहरुलाई क्वारेन्टाईनमा राखेर अनुसन्धान भईरहेको जनाएको छ । यसरी नै ईराकमा पनि एक जनालाई कोरोना भएको समाचार छ । ती ब्यक्ति पनि ईरानबाट फर्केका मानिस हुन । यसै बीच कुवेती कोष्ट गार्डले कुवेत पस्न खोज्ने ८ जना ईरानीलाई पक्रेर उतै फिर्ता पठाएको छ । युएईले पनि ईरान र थाईल्याण्ड भ्रमण गर्न रोक लगाएको छ । ओमनमा पनि २ जनालाई कोरना भाईरस संक्रमित भएको जनाएको छ । ती दुवै जना महिला हुन जसले ईरानको भ्रमण गरेका थिए । उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको जनाईएको छ । बहराईनी नागरिक स्कुल बस ड्राईभरमा कोरोना देखिए पछि त्यहाँका तीन विद्यालय बन्द गरिएका छन ।

बढ्दो कोरोनाको डरको कारण कुवेत सरकारले भोली र पर्सीको राष्ट्रिय दिवसका कार्यक्रमहरुलाई रद्ध गरेको छ । नेश्नल डे का दिन कुवेतका सडकहरुमा लाखौ नागरिक उत्सव मनाउन निक्सकने गर्दछन भने कुवेत टावर र लिभरेसन टावरमा उत्सवका विभिन्न कार्यक्रम हुने गर्दछन तर सवैको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सरकारले कार्यक्रम रद्ध गरेको छ ।

नोभल कोरोना को त्रास बढेसगै कुवेतमा मास्कको कालो बजारी नहोस भनेर सरकारले थोरै मुल्य बढाएर मुल्य निर्धारण गरेको छ । तस्वीरमा हेर्नुहोला । सरकारले प्रचारात्मक सन्देशहरु राष्ट्रिय मिडियामा जोडतोडले बजाउन थालेको छ । संक्रमणबाट बच्न मास्को प्रयोग गर्ने, सानिटाईजरको प्रयोग गर्ने, हात धृने, मुखमा हात नलाने, भिडभाडबाट अलग्गै रहन प्रयत्न गर्ने र सामान्य फ्लु भएमा स्वास्थ्य जाँच गराउने जस्ता सन्देश प्रवाह गरिरहेको छ ।

कुवेतमा गैह कानूनी रुपमा रहेका समेत गरेर लगभग ८० हजार नेपालीहरु कार्यरत छन । खास गरेर क्लिनिंग कम्पनी, सेक्युरिटी, होटल र सुपरमार्केटमा अधिकांश कार्यरत छन भने घरेलु कामदारको संख्या पनि २६ हजारको हाराहारीमा रहेको बताईन्छ । प्रायः भिडभाड हुने ठाउँहरुमा धेरै नेपालीहरु काम गर्ने भएकाले बढी नै सर्तक हुन जरुरी छ । कुवेतको थोरै भागमा धेरै जनघनत्व रहेको हुदा यहाँ संक्रमणको खतरा निक्कै रहन सक्छ सावधान हुन जरुरी छ ।

चीनलाई ईपीसेन्टर बनाएर फैलिएको कोरोना भाईरसबाट हाल सम्म २६ सय भन्दा बढीको मृत्यु भएको छ भने ७९ हजार भन्दा बढी संक्रमित भईसकेका छन । अहिले यो भाईरस चीन बाहिर तिव्र गतिमा फैलिरहेको छ भने विश्व नै लक डाउनमा पर्ने खतरा बढदो छ । कयौ देशहरु स्वतस्फुर्त रुपमा नाकाबन्दी आफैले आफैलाई गर्न बाध्य हुने अवस्थामा रहेकाले विश्व अर्थतन्त्र समेत चौपट हुने अवस्था छ ।


सम्बन्धित शीर्षकहरु

सुनुवार सेवा समाज कुवेतको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भक्तराम सुनुवारको नेतृत्वमा संरक्षक, सल्लाहकार सहित ३७ सदस्यीय कार्य…

पाठेघरको क्यान्सरको खोप विकास गर्ने आशा राखेको प्रयोगशालालाई अनुदान दिइएको छ । अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले ओभेरियनभ्याक्स, एक खोप सिर्जना गर्दैछन्…

खामेनीले इरान र उसका सहयोगीहरू इजरायली आक्रमणबाट पछि नहट्ने बताएका छन् सर्वोच्च नेताले इजरायलमाथिको इरानको आक्रमणलाई 'वैधानिक' भन्दै बचाउ गर्दै…

प्रतिकृयाहरू
...