Thursday 12th March 2026

कुवेत दुर्घटना अपडेटः मृतक ६ जना मध्ये ४ जनाको सनाखत भयो


तितोपाटी -कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा अहिले सम्म ६ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि भएको छ भने मृतकहरू मध्ये ४ जनाको सनाखत भएको नेपाली राजदूतावास कुवेतले प्रेश विज्ञप्ति मार्फत जनाएको छ। दूतावासले ६ जना नेपाली कामदारहरूको दुःखद निधन प्रति गहिरो दुःख व्यक्त गर्दै दूतावासबाट अावश्यक सहयोग र समन्वय भइरहेको जनाएको छ।

मृत्यु हुनेहरूमा पाल्पाका एक बहादुर गाहा, सिराहाका गंगालाल चाैधरी, ताप्लेजुङका बसन्त गुरूङ र दाङका श्याम नारायण चाैधरीकाे सनाखत भएको हो। अन्य २ जनाको विवरण अाउन बाँकी रहेको नेपाली राजदूतावासले कुवेतले जनाएको छ भने घाइते २ जना मध्ये धर्मेन्द्र कुमार शाह जाहरा अस्पतालमा उपचाररत रहेका छन् भने अर्का घाइते सामान्य सपचार पछि मनोरथ मण्डल कम्पनीमा फर्कीसकेका छन्।

दुर्घटनामा परेका नेपाली कामदारहरू युनिभर्सल लिडर ट्रेडिङ एण्ड जेनेरल कन्ट्र्याक्टिङ कम्पनी मार्फत अल-मुत्ला सिटी प्रोजेक्टमा कार्यरत थिए । कुवेतको अल मुत्ला क्षेत्रमा हिजो फेब्रुअरी १२ तारिक २०२० बुधबार दिन अनडरग्राउण्ड निर्माणस्थलमा काम गरिरहेका नेपाली कामदारहरु माथि बालुवाको ढिस्को खस्दा सो घटना भएको हो।

नेपाली राजदूतावास कुवेतको प्रेश विज्ञप्ति जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

भारतको सर्वोच्च अदालतले पहिलोपटक इच्छा मृत्युको अनुमति दिने ऐतिहासिक फैसला सुनाएको छ । अदालतले गाजियाबाद घर भइ १३ वर्षदेखि अचेत…

सम्पादकीय तितोपाटी डटकम आजको नेपाली राजनीतिमा नागरिकहरू केवल दर्शक मात्र होइनन्, प्रश्न गर्ने सचेत शक्ति बनेका छन्। विशेषगरी पछिल्ला वर्षहरूमा…

-ईश्वर भण्डारी नेपालमा भर्खर सम्पन्न चुनावले एउटा स्पष्ट जनादेश दिएको छ। जनताले अब पुराना राजनीतिक दलहरूको राजनीति होइन, सुशासन, पारदर्शिता…

प्रतिकृयाहरू
...