Wednesday 9th July 2025

भेलेन्टाइन नाइट ”२०२०“सांगीतिक कार्यक्रमका लागी चर्चित कलाकार इजरायलमा


तितोपाटी- नेपाल भ्रमणबर्ष २०२० को प्रचार प्रसार तथा नेपाल भ्रमणको लागि निमन्त्रणा तथा विपन्न बालबालिकाहरुको सहयोगार्थका लागि ,नेपाल बाट आमन्त्रित राष्ट्रिय ख्याती प्राप्त कलाकार नेपाल आईडलका रवी वोड, चर्चित गायक बैकुण्ठ महत, अमृत खाती, पुरुषोत्तम पौडेल तथा हास्यकलाकार राजा राजेन्द्र पोखरेल मंगलबार साँझ इजरायलमा पुगी सकेका छन्। खबरबिहानी, बुद्धसन्देश डट्कम र युट्युबर सिजनगिरीको संयुक्त आयोजनामा भेलेन्टाइन नाईट “संगीत धमाका २०२०” मा इजरायल वासी र नेपालि भाषी हरुलाई सांगीतिक धमाका,मनोरञ्जन दिन इजरायलमा आइपुगेका हुन् ।

यही आउदो फेव्रुअरि १४ तारिख हगाना वेईत बरबुर १३५ तेल अबिबमा सो कार्यक्रमको आयोजना गरिएको हो । इजरायलमा स्थापित संघ सस्था हरुको सहकार्यमा इजरायलमा रहेका मिडिया हरुको आयोजनामा ख्यातिप्राप्त तथा विभिन्न विधाका कलाकारहरुलाई एउटै मंचमा उपस्थित गराइ संगित महाधमाका भेलेन्टाइन नाईट २०२० आयोजना गर्न लागिएको हो ।

भेलेन्टाइन नाईट “संगीत धमाका २०२० को कार्यक्रममा नेपाल आईडलका बिजिते रवी वोड, चर्चित लोकदोहोरी गायक बैकुण्ठ महत, अमृत खाती, पुरुषोत्तम पौडेल तथा हास्यकलाकार राजा राजेन्द्र पोखरेल तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने साथै कार्यक्रमबाट उठेको रकम नेपाल भ्रमणवर्ष २०२० लाई सघाउन तथा विपन्न गरिब तथा विपन्न बालबालिकाहरुका लागि सहयोग गरिने आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रमलाई सफल बनाउन आयोजक तथा इजरायल सरकारद्वारा मान्यता प्राप्त इजरायली सामाजिक संस्थाहरुलाई कार्यक्रममा उपस्थित गराइ नेपाल भ्रमणवर्ष २०२० को प्रचार प्रसार तथा नेपाल भ्रमणको लागि निमन्त्रणा गरिने र भरपुर मनोरञ्जन दिन आयोजक जोडतोडका साथ लागेको कुरा आयोजक मिडिया मध्येका तेन्जीङ शेर्पाले जानकारी दिएका छन् ।

त्यस्तै उक्त कार्यक्रमलाइ अझ रोचक बनाउन ” भेलेन्टाइन नाइट” सङगीत धमाका “फोटो प्रतियोगिता “समेत आयोजना गरिएको छ पहिलो पुरस्कार सामसुङ मोबाइल । दोश्रो पुरस्कार ५०० सेकल नगद । तेश्रो पुरस्कार २५० सेकल नगद ।र सान्त्वना पुरस्कार २०० सेकल नगद रहने छ। अघिल्लो सूचनामा उक्त प्रतियोगितामा भागलिन चाहनेले जनवरि १०सम्ममा आधिकारीक पेज ( प्रणय दिवस फोटो प्रतियोगिता २०२० )मा फोटो पठाउनु पर्ने भनीए पनि सबैको भनाइलाइ मध्यनजर गर्दै आगामी जनवरि २५सम्म अन्तिम मिति तय गरिएकोले छ। कार्यक्रममा सहभागिताकालागि ईजरायलस्थित मिडियाकर्मी ,धार्मिक तथा सामाजिक संघसंस्था, सामाजिक व्यक्तिव्व, शुभेच्छुक, सुभचिन्तक सबैमा सहभागिताका लागि आग्रह गरिएको छ !

भेलेन्टाइन मिठो खाजाको साथमा लेबेन्सकी पार्कबाट कार्यक्रम स्थल सम्म जानको लागि आयोजकबाटनै बसको ब्यवस्था रहने छ साथै प्रत्येक टिकटको साथै ( visit nepal 2020 ) लेखीएका एक/एकवटा आकर्षक टिसर्ट उपहार प्रदान गरिने आयोजक मध्येकै अनि रुद्र सुबेदीले जानकारी दीएका छन् ।


सम्बन्धित शीर्षकहरु

हिब्रू मिडियाले मंगलबार रिपोर्ट गरेको छ कि 'इजरायली' प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र सिरियाली राष्ट्रपति अहमद अल-शारा बीच वाशिंगटनमा उच्चस्तरीय बैठक…

यमनका हुथीहरूले हालै नौसेना अपरेशनको फुटेज जारी गरेका छन । जसले लाल सागरमा व्यावसायिक जहाज म्याजिक सीजलाई डुबाएको देखाएको छ…

तितोपाटी-सिदार्थ राज मार्ग बुटवल पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा नजिकै पहिरो खस्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।…

प्रतिकृयाहरू
...