Friday 9th October 2026

भोगाई आफ्नो (कविता)


सपनीमा तिमिलालाई देख्न पाएपनी
अंगालोमा तिमीलाई बेर्ने मन छ नि
तिमी कहाँ छितीज पारी म एक गाउँ
हृदयको माया अनि जीबन तिम्रै नाउँ ।

हरपल हर घडी तिम्रै संझनामा
नयनभरी तिम्रो तस्बिर मुटुभरी माया
किन लाग्छ तिम्रो माया हिजो भन्दा आज धेरै                भुल गरेकी छु कि मैले कतै गल्ती हो कि मेरै ??

जिन्दगीको गोरेटोमा तिमी लाई भेटेपछि
रंगिएछ मेरो जीवन तिमिले साथ दिएपछी                    तिमी मेरो जिन्दगीको आशा अनि अभिलाषा                जीबनभरी नछुट्टिने गरीदेउ मिठो बाचा

कुरीति र कुसस्कारको पछि लाग्दा पहिले पहिले
जीबनको खुशी कस्तो केही थाहा पाईन मैले
कुल घरानको ईज्जत राख्दा आफ्नो खुशी दाउमा पर्यो  मनभित्रको चाहना र ईच्छा पनि मन भित्रै मर्यो ।।।

रचनाकार
गीता खाती  बि.क.(दुरदर्शी)
बालकल्याण आधारभुत बिधालय
हुप्सेकोट, कोल्हिया, नवलपुर, नेपाल


सम्बन्धित शीर्षकहरु

पनामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) का अनुसार भूकम्पपछि केही क्षेत्रमा भवन तथा संरचनामा क्षति…

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा फेरि विवादमा तानिएका छन्। सरकारी निकायहरूले अदालतमा विचाराधीन मुद्दामा प्रभाव पार्ने, मुद्दा मिलाउने र आर्थिक कारोबार गरेको…

सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् नाभनेथेम ‘नवी’ पिल्लेलाई प्रदान गरिने भएको छ। युद्ध अपराध, मानवताविरुद्धका अपराध…

प्रतिकृयाहरू
...