Thursday 10th September 2026

कोसेली समुहको १२ औं वार्षिकोत्सव कोसेली विमोचनको साथमा भव्य रूपमा सम्पन्न


तितोपाटी – कोसेली समुह कुवेतको १२ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको फरवानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टको सभाकक्षमा हिंजो ३१ जनवरी २०२० को साँझ कुवेतको नेपाली समाजको एक मात्रा छापा पत्रिका मरूभूमिको कोसेलीको ३१ औं अंक विमोचनको साथमा कोसेली समुहले १२ औं वार्षिकोत्सव मनाएको हो। कार्यक्रम नेपाली राजदूतावास, कुवेतको नेपाली समाजमा कृयाशिल संघ-संस्था, पत्रकार, समाजसेवी, वुद्धिजीवि, साहित्यप्रेमी, कलाकारहरूको रोहबरमा भव्य रूपमा सम्पन्न भएको थियो।

कोसेली समुहका अध्यक्ष आनन्द आचार्यको सभाध्यक्षता, नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारिको प्रमुख आतिथ्यता,दूतावासकै द्वित्तिय सचिव जानकी ओझा, एनआरएनए कुवेतका अध्यक्ष एवं कोसेली समुहका संस्थापक संरक्षक सुजन केसि, समुहका सल्लाहकार मनु भुजेल मगर, कार्यक्रम संयोजक राजन श्रेष्ठ, आदिवासी जनजाती महासंघ, पत्रकार महासंघ र जजिरा एयरका प्रतिनीधिको विेशेष आतिथ्यता तथा कुवेतमा कृयाशिल संघ-संस्थाका पदाधिकारी-प्रतिनीधीहरू, विभिन्न मिडिया हाउसमा कार्यरत पत्रकारहरू, कुवेतको नेपाली समाजका अग्रज सामाजिक व्यक्तित्वहरू,साहित्यप्रेमी सर्जकहरू, कलाकारहरू लगायत वार्षिकोत्सव समारोहमा उपस्थित कुवेतवासी सम्पुर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा दीप प्रज्वलनको साथ समुहको १२ औं वार्षिकोत्सवको केक काटी समुहद्वारा प्रकाशित कुवेतको नेपली समाजको एक मात्र छापा पत्रिका मरूभूमिको कोसेली छापा पत्रिकाको ३१ औं अंकको विमोचन गरिएको थियो।

१२ औं वार्षिकोत्सवको शुभकामना दिंदै प्रमुख अतिथि महामहिम राजदूतले पत्रकार भनेको समाजको ऐना हो भन्दै पत्रकारहरूले आफुलाइ भन्दा पनि अरूलाइ सुशुचित गर्न अरूलाइ सभ्य बनाउन महत्वपुर्ण भूमिका खेल्नु पर्ने बताउँदै प्रवासको ठाउँमा पनि आफ्नै भाषाको छापा पत्रिका पढ्न पाउनु राम्रो कुरा भन्दै कोसेली पत्रिकाले दिर्घकाल सम्म जानका लागि सुधार्नु पर्ने पक्षबारे औंल्याएका थिए। शुभकामना दिने वक्ताहरूमा एनआरएनए कुवेतका अध्यक्ष सुजन केसि, पत्रकार महासंघका सदस्य डम्बर प्रसाद रिमाल, जनजाती महासंघका महासचिव मञ्जित चाम्लिङ राइ, सामाजिक वुद्धिजीवि व्यक्तित्व खोप गुरूङ, महिला समुदायको प्रतिनीधित्व गर्दै सुदुरपश्चिमेली समाजकी अध्यक्ष निरूमाया खड्का लगायतका थिए।

दुइचरणमा सम्पन्न वार्षिकोत्सव समारोहमा पहिलो चरणमा शुभकामना मन्तव्य र दोश्रो चरणमा साहित्य वाचन तथा सांगीतिक प्रस्तुतिहरू पस्किएको थियो भने पहिलो चरणको कार्यक्रम छापा पत्रिकाका प्रधान सम्पादक तोयानाथ दाहालले गरेका थिए भने दोश्रो चरणको कार्यक्रम मरूभ्मि हालचाल प्रमुख अमर खड्काले संचालन गरेका थिए। तितोपाटी डट कमका प्रधान सम्पादक नबराज पन्थीको स्वागत मन्तव्य र समुहका सल्लाहकार सम्पादक एवं टिप्पणीकार हरिकृष्ण न्याैपानेले कोसेली समुहको गतिविधि बारे प्रकाश पारेका थिए।

कलमको माध्यमबाट संस्थाको स्तरोन्नतीको लागि अविछिन्न योगदान पुर्याएकोमा छापा पत्रिकाका प्रधान सम्पादनक एवं अग्रज पत्रकार तोयानाथ दाहाल “उपेक्षित” लाइ र संस्थाको विकास, बिस्तार र प्रवर्धनको लागि योगदान दिएकोमा कोषाध्यक्ष राजन श्रेष्ठलाइ सम्मान गरेको थयो।मिडिया टिममा रहेर कार्य गर्ने अमर खड्का, बसन्त थापा, चन्द्र बहादुर बि.क. तथा जयनारायण माझी थारूलाइ प्रशंसा-पत्र प्रदान गरिएको थियो। नेपालमा पत्रकारिता र साहित्य क्षेत्रमा कलम चलाइ सकेका शुरेश बुढाथत्रकी र कुवेतमा सफलताको शिखर चढ्दै गरेका भरत पाैडललाइ वार्षिकोत्सवको अवसर पारेर कोसेली टिममा प्रवेश गराइएको थियो।

दोश्रो चरणको कार्यक्रममा कोसेली समुहकै अमर खड्का र माधव पाैडेलको १०-१० रचना सम्मिलित गजल संग्रह ‘अन्वेषिका पाइला’को कुवेतमा सार्वजनिक गरिएको थियो भने विभिन्न साहित्यप्रेमी महानुभावहरूले गजल वचन गरेका थिए। कार्यक्रमलाइ मनोरन्जनात्मक बनाउन कुवेतका स्थानीय कलाकारहरूले सांगीतिक प्रस्तुति समेत दिएको उक्त कार्यक्रममा साहित्य वाचन गर्ने सर्जकहरू एवं गायन र नृत्य प्रस्तुत गर्ने कलाकारहरूलाइ प्रमाण-पत्र प्रदान गरिएको थियो ।

रात्रीभोजको साथ समापन गरिएको उक्त कार्यक्रममा कार्यक्रमका सभापतिले कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गर्न लागि पर्ने सिंगो कोसेली टिम, प्रत्यक्ष/परोक्ष रूपमा सहयोग गर्ने नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ संस्थाहरू, पत्रकारहरू, व्यावसायीहरू तथा कार्यक्रममा उपस्थिति जनाइ कार्यक्रमको शोभा बढाइ दिनुहुने सबैलाइ धन्यवाद ज्ञापन गरेका थिए।


सम्बन्धित शीर्षकहरु

जोर्डनस्थित अमेरिकी सैन्य हवाई अड्डा Muwaffaq Salti Air Base मा राति भएको इरानी ब्यालिस्टिक मिसाइल हमलामा अमेरिकी सेनाका एक A-10…

फिलिपिन्सको पालावान प्रान्तस्थित लोकप्रिय पर्यटकीय गन्तव्य कोरोन नजिक यात्रुवाहक फेरी एमभी जुन एस्टर (MV June Aster) मा आगलागी हुँदा कम्तीमा…

बेलायत, फ्रान्स, क्यानडा लगायत १२ देशले वेस्ट बैंकस्थित इजरायली बस्तीबाट हुने व्यापारमा प्रतिबन्ध लगाएका छन्। यसको जवाफमा इजरायलले पूर्वी जेरुसेलमस्थित…

प्रतिकृयाहरू
...