Monday 29th April 2024

सांस्कृतिक धमकाको लागी अथिति कलाकार सम्झना लामिछाने भोली बिहान ५बजे कुवेत आइपुग्ने


तितोपाटी-अन्तर्राष्ट्रिय कलाकार समाज कुवेतद्वारा आयोजित छैठो वार्षिकउत्सव तथा सांस्कृतिक धमाका (च्यारिटी शो २०२०) कार्यक्रमका लागी राष्ट्रीय कलाकार तथा चर्चित गायिका सम्झना लामिछाने मगर भोली स्थानीय समय अनुसार बिहानको ५ बजे कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने भएकी छिन।

कलाकार लामिछानेलाई स्वागत गर्न आयोजक ईनास कुवेतले कुवेतमा कार्यरत नेपाली दिदी बहिनी, पत्रकार, लगायत सम्पूर्ण बुद्धीजीवी व्यक्तित्वहरूलाई सोही समयमा उपस्थितिका लागी अनुरोध गरेको छ।

कार्यक्रम जनवरी २४ तारिख शुक्रबारका दिन कुवेतको जिलिब स्थित इण्डियन सेन्ट्रल स्कुल हलमा सम्पन्न हुदै छ । कुवेतमा चिसिदै गरेको मौसमलाई सङ्गीतमय बनाउदै अथिति कलाकार, तथा स्थानीय कलाकारद्वारा विविध प्रस्तुतिहरुका साथमा सङ्गीतमय तवरले तताउने छन।

उक्त कार्यक्रममा आयोजकद्वारा कुवेतमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको गरिमामय उपस्थितिका लागि अनुरोध समेत गरेका छन । कार्यक्रम बृहत रुपमा सफल बनाउनका लागि आयोजक टिम अहोरात्र खट्दै कार्यकर्मको लागी सम्पूर्ण तयारी पुरा गरीसकेको छ ।


सम्बन्धित शीर्षकहरु

केन्यामा घनघोर वर्षा र वर्षापछि आएको बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ भने बाढीबाट लाखाैं प्रभावित भएका छन्…

हरि कृष्ण न्याैपाने - फेब्रुअरी २५, २०२४ का दिन कतारबाट देव महराले ह्वाट्सपमा खबर पठाउनुभयो । लेख्नुभएको थियो, ‘सर मेरो…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ मिति : २०८१/०१/०५ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती…

प्रतिकृयाहरू
...