Friday 2nd October 2026

सांस्कृतिक धमकाको लागी अथिति कलाकार सम्झना लामिछाने भोली बिहान ५बजे कुवेत आइपुग्ने


तितोपाटी-अन्तर्राष्ट्रिय कलाकार समाज कुवेतद्वारा आयोजित छैठो वार्षिकउत्सव तथा सांस्कृतिक धमाका (च्यारिटी शो २०२०) कार्यक्रमका लागी राष्ट्रीय कलाकार तथा चर्चित गायिका सम्झना लामिछाने मगर भोली स्थानीय समय अनुसार बिहानको ५ बजे कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने भएकी छिन।

कलाकार लामिछानेलाई स्वागत गर्न आयोजक ईनास कुवेतले कुवेतमा कार्यरत नेपाली दिदी बहिनी, पत्रकार, लगायत सम्पूर्ण बुद्धीजीवी व्यक्तित्वहरूलाई सोही समयमा उपस्थितिका लागी अनुरोध गरेको छ।

कार्यक्रम जनवरी २४ तारिख शुक्रबारका दिन कुवेतको जिलिब स्थित इण्डियन सेन्ट्रल स्कुल हलमा सम्पन्न हुदै छ । कुवेतमा चिसिदै गरेको मौसमलाई सङ्गीतमय बनाउदै अथिति कलाकार, तथा स्थानीय कलाकारद्वारा विविध प्रस्तुतिहरुका साथमा सङ्गीतमय तवरले तताउने छन।

उक्त कार्यक्रममा आयोजकद्वारा कुवेतमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको गरिमामय उपस्थितिका लागि अनुरोध समेत गरेका छन । कार्यक्रम बृहत रुपमा सफल बनाउनका लागि आयोजक टिम अहोरात्र खट्दै कार्यकर्मको लागी सम्पूर्ण तयारी पुरा गरीसकेको छ ।


सम्बन्धित शीर्षकहरु

अफगानिस्तानका कुनार र हेल्मन्द प्रान्तमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला तथा बालबालिकासहित कम्तीमा ९ नागरिकको मृत्यु भएको तालिबान सरकारका प्रवक्ता…

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। बिहीबार थप आठ शव…

वैज्ञानिक तस्वीर तथा भिडियो प्रतियोगिता निकोन स्मल वर्ल्ड इन मोशन को विजेता भिडियोमाथि एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरिएको आरोप लागेपछि…

प्रतिकृयाहरू
...