Saturday 11th October 2025

नेपालका ४ उग्रवादीहरू


ताेयानाथ उपेक्षित-सामाजिक सञ्जालमा गाईजात्रा सधैभरी देख्न पाईन्छ । यस्ता जात्राहरुलाई निरन्तर पस्कने चार मुख्य पात्रहरुको पहिचान र तिनको सम्बन्धमा सामान्य चर्चा आजको विषय हो। उनीहरु भन्दा फरक थुप्रै पात्रहरु पनि छन तर समान प्रबृतीका यी चार पात्रहरुलाई अरु सँग तुलना गर्न सकिदैन। उच्च स्तरका भनिएका राजनैतिक खोलमा ढोल बजाउनेहरु, पत्रकारितामा सनसनी मच्चाउनेहरु र जनसेवाका नाममा व्यापार गर्नेहरुलाई अर्कै समुहमा चर्चा गरौला अहिले भने यी सामाजिक सञ्जालका चार उग्रवादीहरुलाई यहाँ प्रस्तुत गर्दछु।

ज्ञानेन्द्र शाही
आफूलाई भ्रष्टचार विरोधी अभियान्त ठान्ने नेपालका लागि नेपाली अभियानबाट उछिटिएका ज्ञानेन्द्र शाही कसरी लोकप्रिय हुने भनेर जल्दाबल्दा मुद्धामा टर्रो भाषण गर्दै हिड्छन्। मञ्च नपाए पनि फेसबुक लाईभमा उनी कुर्लिरहेको देखिन्छन। उनको रुखो अभिव्याक्तिका कारण उनी धेरै पटक अप्ठ्यारामा परिसकेका छन। राज्य संयन्त्रको दुरुपयोग गर्दै उनीमाथि हमला गरिएको आरोप उनलाई माया गर्नेहरुले लगाउँछन तर स्वयं उनलाई उनकै अभियान्ताहरुले समेत निस्काशन गरेपछि पनि उनको चेत खुलेको छैन।
उनको बौद्धिक स्तर पटक्कै छैन भन्ने कतिपय विद्धानहरु उनले बोलेको सुन्न मन नलाग्ने बताउछन। मुद्धाहरु जायज वा नाजायज जे जस्ता भए पनि त्यसलाई गर्ने प्रस्तुतीकरण र विरोध गर्ने शैलीका कारण उनी निम्न स्तरको मुग्रे अभियान्त मात्र हुन। उनले आफूलाई समालेर बोल्दा शिष्ट हुन नसके सधैभरी अभियान्त हुन सक्ने अवस्था देखिन्दैन।

दिल पुन निशानी
आज भोली उनी निक्कै पातलिएका छन फेसबुकमा। निक्कै राम्रोसँग विषय बस्तुको उठान गरेर लेखहरु प्रकाशन गर्दै चर्चामा आएका निशानी छिट्टै मातिए। उनको कलम र भाषा दुवै विचलित भईदियो । बामपन्थी पृष्ठभूमीबाट उठ्ने उनका आवाजहरु कहिले अतिवादीधारमा कहिले दक्षिणपन्थि त कहिले जातिवादी र हुदा हुदा व्याक्तिबादी हुदै गए। एकताका प्रचण्डको घोर विरोध गर्ने उनी बदलिए तर त्यहि पार्टी र सरकारको विरुद्धमा उफ्रिन नछाडेपछि उनी युज एण्ड थ्रो भएका छन। एउटै पार्टीका कोही उनलाई युज गर्न लाग्छन कोही थ्रो गर्न। एकताका विप्लब मात्र यो देशलाई ठिक ठाउँमा पुर्याउने पार्टी हो भन्ने उनी अहिले भ्रमराईरहेका छन। उत्ताउलो कुरा गर्ने मुकुन्द घिमिरे र पुन्य गौतमहरुको जोडी हुन पुगेका निशानीको विचार र दृष्टिकोण सवै हराईसकेको छ।

पुन्य गौतम
बरबराउन निक्कै सिपालु पुन्य गौतमको बजार पनि कमजोर छ । उनी चर्का विषयबस्तुहरु चर्कै गरी उठाउँछन। मुलधारका मिडियामा छाउन नपाए पनि उनलाई युट्युवरहरुले खुव रुचाउछन। क्यामाराका अगाडी जुध्न र उफ्रिन सक्ने भएकाले उनीसँग मिल्दा जुल्दा ठुटे नेता तथा कार्यकर्तासँग युट्युवरहरुले भिडाएर राम्रै व्यपार गरेका छन। उनी आफूलाई बामपन्थी नेता भनिदिए मख्ख पर्दछन तर उनी सरकारको बचाउमा बोल्दै हिड्ने भए पनि पत्रकार रबी लामीछानेको मुद्धामा उनी पार्टी निती विपरित गएर चिप्लिएका मानिस हुन। आजभोली सामाजिक अपराधका मुद्धाहरु बोकेर आफूलाई अस्तित्वमा राखि रहन लागि परेको देखिन्छन्।

मुकुन्द घिमिरे
घरको न घाटको रत्न पार्कको नायक मुकुन्द घिमिरेले समय सँगै प्रविधिको प्रयोग गरेर रुख चढ्न छाडेका छन। काठमाण्डौको भतुवा पनि भनिने मुकुन्द घिमिरेको मुकुन्द ल्याण्ड र ईन्दिराको आकांक्षा धागो चुडिएको चंगा जस्तै छ जुन उनका विचारमा व्यक्त भईरहन्छन। नेगेटिभ थटलाई चर्चाको माध्याम बनाउन खप्पिस मुकुन्द घिमिरे फेसबुक र ट्वीटरका जोकर हुन। उनका अति नै उदेग लाग्दा, दुष्ट विचारहरुसँग कसैले दुःख मान्दैनन। मुकुन्द भएकै कारण उनलाई जे बोल्न र लेख्न छुट छ जस्तो लाग्दछ किनकी उनी हाँस्यका पात्र हुन। भ्रष्टिकरण र तुष्टिकरण उनका विचारमा देखिन्छन। अझ गजबको कुरा त के छ भने उनले अरबमा काम गर्नेहरुलाई मान्छे नै ठान्दैनन। यहाँका मानिसहरुले उनलाई सवै भन्दा धेरै गाली गर्ने भएकाले उनमा अरबेहरुप्रति खेद छ।


सम्बन्धित शीर्षकहरु

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा हडप्ने प्रकरणमा दुई पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठसहित…

इजरायल र हमासबिच पहिलो चरणको वार्तामा युद्धविराम गर्ने सहमति भएको छ । गत सोमबारदेखि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा इजिप्टको…

अविरल वर्षापछि आएको बाढीले प्रभावित झापा जिल्लाका परिवारहरूलाई सहयोगस्वरूप झापाली समाज कुवेतले आर्थिक तथा सामग्री सहायता प्रदान गरेको छ। “एकका…

प्रतिकृयाहरू
...