Thursday 29th January 2026

सन २०१९ मा कुवेतमा ४२ जना नेपाली कामदारहरुको मृत्यु


हरि कृष्ण न्यौपाने- सन २०१९ मा कुवेतमा काम गर्न आएका मध्ये ४२ जना नेपाली कामदारहरुको विभिन्न कारणले मृत्यु भएको छ जसमा ३१ जना पुरुष तथा ११ जना महिला रहेका छन।

नेपाली राजदूतावास कुवेतका तृतीय सचिब मनोज कुमार सिंहका अनुसार सन २०१९ भित्र कुवेतमा मृत्यु हुने ४२ नेपालीहरु कामदारहरु मध्ये सबै भन्दा धेरै संख्यामा १५ जनाको हृदयघातको कारण मृत्यु भएको हो।

यसै गरि सडक दुर्घटना(ट्राफिक एक्सिडेन्ट)का कारण ५ जना, अन्य दुर्घटना(आगलागी तथा कार्यक्षेत्रमा दुर्घटना)का कारण ७ जना, गम्भीर बिमारीका कारण ४ जना, चक्कु प्रहार(झगडा)बाट १ जना र अन्य वा विविध कारणबस(मृत्युको कारण खुल्न नसकेका समेत) ७ जना नेपाली कामदारहरुले कुवेतमा यो वर्ष मृत्यु बरण गरे। त्यसै गरि ३ जना नेपाली कामदारहरुको आत्म हत्याका कारण मृत्यु भएको हो।


सम्बन्धित शीर्षकहरु

अमेरिकाले गाजामा हमासका लडाकूहरूले निशस्त्रीकरण गर्दा प्यालेस्टिनी समूहलाई कुनै प्रकारको आममाफी मिल्छ भन्ने विश्वास गर्छ, एक अमेरिकी अधिकारीले सोमबार भने।…

इरानको न्यायपालिका प्रमुखले आइतबार चेतावनी दिएका छन् कि हालै भएको सरकार विरोधी प्रदर्शनको लहरमा संलग्नहरूले "थोरै पनि उदारता बिना" सजायको…

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

प्रतिकृयाहरू
...