Friday 20th February 2026

श्रीमतीसँग कुरा गर्दागर्दै गोली चल्यो


नयाँ वर्षको पहिलो दिन मङ्गलबार भारतको जम्मू कश्मीरमा भएको आतङ्कवादी आक्रमणमा परी गोरखा नगरपालिका–७ ठूलोरिपका अर्जुन थापा मगरले ज्यान गुमाए ।जम्मु कश्मीरको नौशेरामा मङ्गलबार राति आतङ्कवादी हमलामा अर्जुनको ज्यान गएको खबरले यतिबेला सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।

‘अर्जुनले लाहुरे बन्नकै लागि धेरै दुःख ग¥यो, तर खुसी लामो समय टिकेन,’ अर्जुनका मामा सुजीत थापा भन्छन् । २ वर्षअघि मात्र आमा गुमाएका अर्जुन ११ कक्षा पढ्दापढ्दै भारतीय सेनामा गएका थिए ।थापासँगै भारतको महाराष्ट्रस्थित सतारा जिल्ला निवासी सावन्त सन्दीपको पनि ज्यान गएको छ । अर्जुन र रघुनाथले भारतका लागि सर्वोच्च बलिदानी गरेको भन्दै भारतीय सेनाले विज्ञप्ती निकालेर प्रशंसासमेत गरेको छ ।बुधबार नै भारतीय सेनाले अर्जुनको परिवारलाई घटनाको बारेमा जानकारी गराइसकेको छ । उनको शवलाई नेपाली सीमाना काँकडभित्तासम्म ल्याउने पारिवारले जानकारी दिएको छ ।

भर्खरै वैवाहिक जीवनमा बाँधिएका थिए अर्जुन

चार वर्षअघि भारतीय सेनामा भर्ना भएका अर्जुन एक महिनाको छुट्टीपछि पुस ५ गते कार्यक्षेत्रमा फर्किएका थिए । ६ महिनाअघि मात्र अर्जुन वैवाहिक जीवनमा बाँधिएका थिए ।

तनहुँ दुले गौँडा अर्जुनको ससुराली हो । गोरखा नगरपालिका–६ को महेन्द्र ज्योति माध्यमिक विद्यालयसम्म अर्जुनले १० कक्षा पढेका हुन् । त्यसपछि ११÷१२ पढ्न अर्जुन द्रव्य साह कलेजमा भर्ना भएका थिए ।अर्जुनका मामा सुजीत थापा भन्छन्, ‘भान्जा ६ महिनाअघि मात्र नेपाल आएर विवाह गरेर फर्किएका थिए । ११ पढ्दापढ्दै लाहुरे हुनुभएको हो । साह्रै मिलनसार हुनहुन्थ्यो ।’

‘अर्जुन सानैदेखि मेलापात, गोठालो जाने काम गर्थे,’ मामा सुजीतले भने, ‘घरको एक्लो छोरा हुन् । आमा हुनुहुन्न,’ मामा सुजीतले रातोपाटीसँगको कुराकानीमा भने, ‘बुबा, श्रीमती र दिदीबहिनी घरमा हुनुहुन्छ । अर्जुनको निधनले परिवार बिचल्लीमा परेको छ ।’बुढा बुबालाई अर्जुनले फोनमा बारम्बार ‘अब धेरै दुःख गर्ने होइन । अब त म पनि राम्रै ठाउँमा जागिरे भएको छु । हजुरलाई अब सुखको साथ पाल्नेछु,’ भनेका थिए ।

मङ्गलबार मात्रै श्रीमतीसँग फोन भएको थियो

भर्खरै विवाह गरेका अर्जुनले मङ्गलबार पनि श्रीमतीसँग अनलाइनमा कुराकानी गरेका थिए । श्रीमतीसँग अनलाइनमा कुरा गर्दागर्दै गोली चलेको हो ।कुराकानीको क्रममा अर्जुनले ‘गोली चल्यो फोन राख–राख’ श्रीमतीलाई भनेका थिए । मामा सुजीतले भने, ‘पछि एकैछिनमा फोन गर्दा फोन अफ भएको रे ।’

-रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...