Monday 24th August 2026

जागरुक युवा अभियान नेपालले मनायो टोपी दिवस


तितोपाटी-जागरुक युवा अभियान नेपालले विगत वर्षहरूमा झैँ यस वर्ष पनि अन्तर्रा्ष्ट्रिय नेपाली टोपी दिवस भव्य रूपमा मनाएको छ । बुधबार राजधानीको माइतीघरमा जम्मा भएका युवायुवतीहरुले राष्ट्रिय पहिचान झल्काउने पोशाक, दौरा सुरुवाल, ढाकाटोपी, कालोटोपी लगाएर राष्ट्रिय गित गाउँदै टोपी दिवस मनाएका हुन् ।

यसपटकको टोपी दिवस मनाउँदै संस्थाले सरकारको नेपाल भ्रमणवर्ष अभियानलाई पनि साथ दिएको छ ।यसैक्रममा कार्यक्रममा आएकी अमेरिकी नागरिक बारबारा नेबरलाई ढाकाटोपी लगाइदिएर संस्थाका संयोजक घनश्याम श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा नेपाली टोपी दिवस बनाउनु पर्नाको कारण र टोपीको महत्वका बारेमा संस्थाका संस्थापक रामजी बलामी र सचिव ज्ञानमणि नेपाल कालोटोपीले प्रष्ट पारेका थिए ।कार्यक्रममा उपस्थित संचारकर्मी सम्झना पौडेलले राष्ट्रिय पोशाक हटाउने सरकारको निर्णय सच्याएर नेपाली पहिरनको सम्मान गर्नु पर्ने बताइन् ।यस्तै संस्थाका उपाध्यक्ष जर्नाजन पौडेलले अभियानको सार्थकता र महत्वका बारेमा बताएका थिए ।अभियानले विगत ७ वर्षदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ का दिन अन्तर्रा्ष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएको छ । यस वर्ष पनि सातौं अन्तर्रा्ष्ट्रिय टोपी दिवसको अवसरमा आयोजक जागरुक युवा अभियान नेपालले काठमाडौँको माइतीघर मण्डलामा भेला भई कार्यक्रम गरेको हो ।

कार्यक्रममा सबै उमेर समूहका साहित्यकार, कलाकार, विद्यार्थी, पत्रकार तथा विभिन्न पेसाकर्मीहरूको उल्लेख्य सहभागिता रहेको छ । अंग्रेजी नयाँ वर्ष मनाउनु नराम्रो कुरा होइन तर यसलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्व झल्किन्छ भन्ने उद्देश्यले यसै दिन नेपाली टोपी दिवस मनाउन सुरुवात गरिएको जागरुक युवा अभियान नेपालका संयोजक घनश्याम श्रेष्ठले बताए । संस्थाले यो वर्ष नेपाल सरकारको नेपाल भ्रमण वर्ष अभियानलाई सहयोग पुग्ने गरी नेपाली टोपी दिवस मनाएको पनि उनले जानकारी दिए ।जागरुक युवा अभियान नेपालले यसवर्षको टोपी दिवसको नारा भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार राखेको थियो । गत वर्ष यस संस्थाले सबैभन्दा ठूलो आकारको नेपाली टोपी प्रर्दशन गरेको थियो ।
-नयाँपेजबाट


सम्बन्धित शीर्षकहरु

एक महिनाअघि उद्घाटन गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सोमबारदेखि निजी सवारीसाधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। नौ सिटसम्मका कार, जीप र भ्यानलाई…

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा छुट्टाछुट्टै…

अमेरिका र इरानबीचको तनाव पुनः तीव्र बनेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वाशिङ्टनले इरानलाई टिकाइराख्ने “हरेक आर्थिक जीवनरेखा काट्ने” नीति…

प्रतिकृयाहरू
...