Sunday 22nd March 2026

नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघको तेश्रो वार्षिकोत्सब तथा दोश्रो अधिवेशनको तयारी अन्तिम चरणमा


तितोपाटी – नेपाली प्रवासी ट्यक्सी व्यवासायी संघ कुवेतले संस्थाको तेश्रो वार्षिकोत्सब तथा दोश्रो अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। संघले यहि २७ डिसेम्बर २०१९ का दिन फर्वानियास्थित युनिक अडिटोरियम हलमा नेपाली राजदूतावास कुवेत, कुवेतमा कृयाशिल संघ-संस्था, पत्रकार, समाजसेवी, वुद्धिजीवि, कलाकार, खेलाडी एवं कुवेतवासी सम्पुर्ण ट्याक्सी ब्यवसायीहरूको सामुहिक उपस्थितिमा एक विशेष समारोहको विच भव्य रूपमा तेश्रो वार्षिकोत्सब तथा दोश्रो अधिवेशन सम्पन्न गर्न लागेको र सो कार्यक्रमको लागि सबै तयारी अन्तिम चरणमा पुगेको संस्थाका अध्यक्ष सुन बहादुर तामाङले तितोपाटी डट कम सँग को कुराकानीमा बताए।
“नेपालीहरुको सेवामा समर्पित” भन्ने मुल नाराका साथ नेपालका विभिन्न ठाउँबाट कुवेत आइ ट्याक्सी व्यवासाय गरेर बसेका नेपालीहरुलाइ एकीकृत गर्दै नेपालीहरुलाइ सुलभ सेवा दिने उदेश्यले कुवेतमा दर्जनौँ संस्थाहरु माझ २०१६ मा स्थापित नेपाली प्रवासी ट्यक्सी व्यवासायी संघ कुवेतको तेस्रो वार्षिकोत्सब तथा दोस्रो अधिवेशनबाट नयाँ कार्य समिति समेत चुनिने छ भने अधिवेशन समारोहमा कुवेत स्थित स्थानिय कलाकारहरुद्वारा संगितिक प्रस्तुतिहरु पनि प्रस्तुत गरिने भएको छ।
उक्त कार्यक्रममा अल ताल्या ट्याक्सिको तर्फबाट एउटा मात्रै पुरस्कार रहेको मनोरञ्जनात्मक लक्की ड्र पनि रहने छ भने “लक्की ड्र मा सहभागी हुन कुनै शुल्क वा टिकट भने लाग्ने छैन। कार्यक्रममा उपस्थित भएकाहरु जो कोहि पनि लक्की ड्र मा सहभागी हुन सकिने हुँदा Al talyaa नामको एप डाउनलोड गरेवापत नम्बर प्राप्त गर्न सकिने र उक्त नम्बर लक्की ड्र मा समावेश हुनेछ।
कार्यक्रमको लागि नेपाली राजदूतावास लगायत कुवेतमा कृयाशिल सबै संघ संस्था, पत्रकार, समाजसेवी, वुद्धिजीविवर्ग एवं गन्यमान्य व्यक्ति ब्यक्तित्वलाइ पत्राचार भैसकेको जनाउँदै कथमकदाचित छुट्न पुगेको भए यसै समाचारलाइ निमन्त्रणा मानी उपस्थित भइ वार्षिकोत्सव तथा अधिवेशन कार्यक्रमलाइ भव्य र सभ्य रूपमा सम्पन्न गर्न सहयोग गर्नुहुन सबैमा अध्यक्ष तामाङले अनुरोध गरेका छन् ।

वार्षिकोत्सव तथा अधिवेशन कार्यक्रमको विवरणः
कार्यक्रम: तेस्रो वार्षिकोत्सब तथा दोस्रो अधिवेशन।
स्थान: युनिक अडिटोरियम हल फर्वानिया कुवेत।
मिति: २७ डिसेम्बर २०१९।
समय: मध्यन्ह ठिक १२ बजे।
आयोजक: नेपाली प्रवासी ट्याक्सी व्यवासायी संघ कुवेत।


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...