Monday 6th April 2026

घेदुङ कुवेतले २८५६ औं सोनाम ल्होछार ४ जना अतिथि कलाकारको साथमा फेब्रुअरी ७ मा मनाउने


तितोपाटी – नेपाल तामाङ घेदुङ कुवेतले २८५६ अाैं सोनाम ल्होछार ४ जना अतिथि कलाकारको साथमा फेब्रुअरी ७ मा धुमधामका साथ मनाउने भएको छ। तामाङ जातीहरूले नयाँ वर्षको रूपमा मनाउने ल्होछार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपालका ख्यातिप्राप्त चार जना अतिथि कलाकारहरुको साथमा जिवा ल्हो (मुसा वर्ग) ल्होछार मनाउने भएको हो। सो कार्यक्रम कुवेतको जलिवस्थित नटिङ्घम ब्रीटिश स्कुलको प्राङ्गणमा तय भएको छ भने अतिथी कलाकारहरु क्रमशः मिना लामा, अन्जु लामा, जोगलाल लामा र यु बि मोग्रेसा रहेको समाचार तितोपाटी डट कम लाइ प्राप्त भएको छ।

ल्होछार खास गरेर तामाङहरुले सेतो टीका सहित मान्यजनबाट म्होलम (आशीर्वाद) लिएर टाढा टाढाका आफन्तहरुसंग पनि भेटघाट गरेर सबैले आ आफ्नो मान्यजनकहाँ गएर भेटघाट, टीका आशीर्वाद थापेर खप्स्यो (ल्होछारमा खाइने परिकार) खाएर रमाइलो गरेर मनाउँदछन। साँच्चिकै भन्ने हो भने नेपालका सबै जिल्लाका तामाङहरुलाइ ल्होछारको ईतिहास, ल्होछारको महत्त्व र कसरी मनाइन्छ भन्ने बारे अझै जानकारी नै छैन। त्यसैले पनि तामाङ जातिले अहिले यसलाइ प्रचार प्रसारको एक अभियानको रुपमा पनि मनाउने गरेका छन।

सन २०१० मा नेपाल तामाङ घेदुङ कुवेत स्थापना भए पश्चात जातीय भाषा, धर्म, संस्कार, संस्कृति र भेषभुषाको संरक्षण तथा संवर्द्धन र तामाङ जातिलाइ सामाजिक, राजनैतिक, शैक्षिक तथा आर्थिक रुपमा सबल बनाउन लागि पर्दै आएको घेदुङ कुवेतले हरेक वर्ष तीन ओटा महत्त्वपूर्ण कार्यहरु सोनाम ल्होछार, बुद्ध जयन्ती/ञुङ्ने र वार्षिकोत्सब मनाउने गर्दै आएको छ भने त्यसबाहेक नेपाल तामाङ घेदुङ कुवेतले दैवी प्रकोप, सामाजिक तथा मानविय कार्यहरुका लागि कुवेतमा स्थापित बिभिन्न सञ्चार गृह, सामाजिक, राजनैतिक, धार्मिक तथा सांस्कृतिक संस्थाहरु संग सहकार्य गर्दै आइरहेको छ।

यसपालीको ल्होछार “भाषा, धर्म, संस्कार र संस्कृति हाम्रो पहिचान – घर घरमा ल्होछार मनाउने हाम्रो अभियान” भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै सांस्कृतिक प्रचार प्रसार गर्ने र “तामाङ जातिको मौलिकतालाइ प्राथमिकतामा राखेर तामाङ जातिकै मौलिकता सम्बन्धी योगदान पुर्‍याइरहेका कलाकारहरुलाइ कुवेत ल्याउन लागेको बताउँदै उक्त दिन कसैले पनि कार्यक्रम नजुधाइ कार्यक्रम हलमा उपस्थित भैदिनहुनका लागि कुवेतका लागि नेपाली दूतावास, एन आर एन, संचारगृहहरु, सक्रिय विभिन्न संघ संस्थाहरु एवं कुवेतमा श्रम गरिरहनुभएका श्रमजिवी दाजुभाइ दिदिबहिनिहरुलाइ तामाङ घेदुङ कुवेतले अनुरोध गरेको छ।


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...