Wednesday 14th January 2026

डिजेल र मट्टितेलको फेरी भाउ बढ्यो


तितोपाटी – नेपालमा डिजेल र मट्टितेलको भाउ फेरी बढेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागु हुने गरी डिजेल र मट्टितेलको मूल्य बढाएको हो।
राति १२ बजेदेखि लागु हुनेगरी मूल्य समायोजन गरेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिअनुुसार यही पुस १ गतेदेखि लागू हुनेगरी मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। आयल निगमका अनुसार पेट्रोल हवाई इन्धन र एलपि ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको आयल निगमले जनाएको छ ।
यो मूल्य समायोजन गरेपछि नेपालतर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य २०.४१ रुपैयाँ प्रति लिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य १७.१६ रुपैयाँ प्रति लिटरले नेपालतर्फ सस्तो हुन गएको छ निगमले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

आइतबार (जनवरी १२) ह्वाइट हाउसले पुष्टि गर्‍यो कि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा तीव्र विरोध प्रदर्शनका बीच हवाई आक्रमण सहित…

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

प्रतिकृयाहरू
...