Sunday 22nd March 2026

प्रवासी लोक गायक सुन्दर परियारको “वालिङ त्रियासी” बजारमा


तितोपाटी – सुमधुर स्वरका धनि प्रवासी लोक गायक सुन्दर परियारको नयाँ गीति एल्बम “वालिङ त्रियासी” युटुब मार्फत बजारमा आएको छ । उक्त गीतलाइ गायकले आफ्नै युटुब च्यानल “सुन्दर परियार” मार्फत बजारमा ल्याएका हुन् । बाल्यकाल मै संकलन गरेर पनि गाउने जोमेसो नमिलेको उक्त गित गायक परियारले यस पटक भने लोक गायनको क्षेत्रमा ख्याति कमाएकी  राष्ट्रिय लोकदोहोरी गायिका शर्मिला गुरूङसँग गाएका छन् ।

गायकको आफ्नै लय र शब्द रहेको वालिङ त्रियासीमा संगीत संयोजन रामचन्द्र चन्दले गरेका छन् भने उक्त गीतलाइ प्रिज्म स्टुडियोका अनिल अधिकारीले रेकर्ड गरेका हुन् । गिरिस रिजाल समिपको निर्देशनमा बनेको वालिङ त्रियासीको भिडियोमा सुरज प्रभात छिनाल, सुन्दर परियार, सम्झना कडेल र जस्मिनले अभिनय गरेका छन् । निमा मुभिजको उत्पादनमा बनेको उक्त म्युजिक भिडियोको अडियो मिक्सिङ श्याम स्वेता रसाइलीले गरेका छन् भने टार्जन खड्काले भिडियो मिक्सिङ, कलर संयोजन तथा सम्पादन गरेका हुन्  ।

झण्डै एक दर्जन गीति एल्बम बजारमा ल्याइ सकेका प्रवासी गायक सुन्दर परियारको यो नयाँ गीत किशोराबस्थामा बस्ने माया प्रीति र अपरिपक्वताको कारण बिचैमा छुट्ने हाम्रो समाजको विसंगतिलाइ देखाउन सफल भएको छ । यो गीति एल्बम बजारमा ल्याए पछि गायकले सानै देखिको सपना बल्ल पुरा भएको बताउँदै यो गीत दर्शक-श्रोतामाझ ल्याउन गायनबाट साथ दिने शर्मिला गुरूङ, प्रिज्म डिजिट्ल रेकर्ड स्टुडीयो, बिबी अनुरागी, बि बि मल्ल ठकुरी, अनि राम चन्द्र चन्द, सम्झना कँडेल ,सुरज प्रभात छिनाल,जस्मिन लागायत सबैलाइ धन्यबाद  दिएका छन् ।

 


सम्बन्धित शीर्षकहरु

कुवेत सिटी — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूबीच सम्पन्न विशेष बैठकले यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा तथा…

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

प्रतिकृयाहरू
...