Saturday 18th May 2024

कुवेतमा ३ किराती संस्थाहरूले उधाैली चाड भब्य रूपमा मनाए


तितोपाटी – कुवेत स्थित ३ किराती संस्थाहरूले किरात समुदाय भित्रको महान चाड उधाैली चाड भब्य रूपमा मनाएका छन्। किराती संस्थाहरू किरात याक्थुङ चुम्लुङ, किरात राइ यायोक्खा, सुनुवार सेवा समाजले संयुक्तरूपमा “चासोक तङ्नाम, उधौली साकेला र रापवा श्यादर पीदार – २०१९” कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा हिँजो शुक्रबारको दिन किरात याक्थुङ चुम्बलुङकी अध्यक्ष देवी लिम्बुको सभापतित्व तथा नेपाली राजदूतावास कुवेतका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीको प्रमुख अातित्थयमा मौलिक झँकीकासाथ एक भव्य समारोह गरि मनाएका हुन्। कार्यक्रममा कुवेत स्थित संघ संस्थाका पदाधिकारी तथा प्रतिनीधिहरू, पत्रकार, समाजसेवी, वुद्धिजीवि, खेलाडी, कलाकार लगायत कुवेतमा कार्यरत किरात दाजुभाइ तथा दिदीबहिनीहरूको बाक्लो उपस्थिति थियो ।
नेपालको राष्ट्रिय गान र दीप प्रज्वलनबाट शुरू भएको उक्त कार्यक्रम “भाषा, संस्कार, संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने नाराका साथ मनाइएको ५०७९ अाैं उधाैली चाडमा कार्यक्रम संयोजक असोक लिम्बुले स्वागत मन्तब्य मार्फत उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए भने उक्त चाडको एेतिहासिक, सांस्कृतिक, माैलिक पक्षको बारेमा किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राई,सुनुवार सेवा समाज कुवेत साखाका अध्यक्ष लाल बहादुर सुनुवार,किराँत याक्थुङ चुम्लुङ कुवेतको तर्फबाट नरेन्द्र लिम्बुले प्रष्ट पारेका थिए।
प्रमुख अतिथि दुर्गा प्रसाद भण्डारी, गैरआवासीय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसी, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांङ लगायतका धेरै अतिथिहरूले शुभकामना मन्तब्य दिएको उक्त कार्यक्रममा प्रमुख अतिथिले उधौली चाडको शुभकामना दिदै नेपाल बहुजातीय, बहुभाषिक र बहुसंस्कृतिले सम्पन्न तथा विविधतामा एकता भएको मुलुक भएकोले नेपाल भित्रका सबै कला संस्कृति प्रथा-परम्परा नेपालको राष्ट्रिय पहिचान हुन भन्दै नेपालको पुर्वी पहाडमा मनाइने यो चाड प्रकृतिसँग सम्बन्धित रहेको र अहिले सिंगो विश्व नै प्रकृति संरक्षणमा लाग्नुपर्छ भनेर जुर्मुराइरहेको बेला प्रकृति पुजा सम्बन्धी उधाैली चाडको अझ महत्व बढेको बताउँदै प्रकृति पुजक हाम्रा पुर्खाहरूले हजाराैं वर्ष देखि मनाउदै अाएको यो चाडलाइ निरन्तरता दिन सबै लागि पर्नु पर्ने बताउँदै हाम्रा कला, संस्कृतिबारे विदेशीहरूलाइ समेत जानकारी गराउँदै नेपाल भ्रमण वर्ष २०२० मा धेरै भन्दा धेरै पर्यटक नेपाल भित्र्याउन यस किसिसमका सांस्कृतिक कार्यक्रमहरू सहायकसिद्ध हुने बताए ।
प्रकृति पुजक किराती समुदायले खेत बारीमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई मंसिर शुक्ल पुर्णिमामा याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् । किरात भित्रका विभिन्न जातजातिले यो चाड लाई फरक फरक नाम दिए पनि समग्रमा साकेला उधौलीका नामले चिनिने गर्दछ। यसै चाडको शिलशिलामा परम्परागत भेषभुषा लगाएर किराँत दाजुभाई तथा दिदीबहिनीहरूले परम्परागत बाजागाजाहरु एवं किराती संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बाजाको साथ साकेला नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा राईहरुको मौलिक झाँकी साकेला नाच, लिम्बूहरुको मौलिक नाच केलाङ नाच र सुनवारहरुको मौलिक झाँकी श्यादर नाच प्रस्तुत गरिएका थिए भने कलाकारहरु सबिन दुमि राई,मन्जु लावती, याम बि सावा, माया राई,तुलसी सुनुवार राजकुमार राई ज्यान्ट्ल लिम्बुले आ आफ्नो प्रस्तुतिहरु प्रस्तुत गरेका थिए भने कार्यक्रम रोशन राई र टिकाराम दुर्विच सुनुवार,मन्जु लवतीले संयुक्त रुपमा संचालन गरेको थिए।
कार्यक्रमको समापन गर्दै सभापति देबी लिम्बुले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी हातहरु, नेपाली राजदुताबास, कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार, खेलाडी तथा कलाकारहरु तीनवटै संस्थाका पदाधिकारी सदस्यहरुलाई सबैलाई विशेष धन्यवाद दिएका थिए।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...