Thursday 26th March 2026

राम लिम्बु बने भ्वाइस अफ नेपाल


तितोपाटी- राम लिम्बुले भ्वाइस अफ नेपालको टाइटल जितेका छन् ।
गायन क्षेत्रको चर्चित रियालिटी शो भ्वाइसको दोश्रो सिजनको बिजेता बनेका हुन् ।काठमाण्डौस्थित हायातको ग्राउण्डबाट एक कार्यक्रमका बीच उनलाई विजेता घोषणा गरिएको हो ।कोच प्रमोद खरेलको टिमका राम लिम्बुले टाइटल जितेसंगै गाडी र नगद उपहार पनि पाएका छन् ।
साउन ३१ देखि शुरु भएको यो रियालिटी शो टेलिभिजनमा रुचाइएको रियालिटी शो पनि हो । ब्लाइन्ड राउण्ड, ब्याटल, नकआउट हुँदै लाइभ राउण्डसम्म आउँदा १२ प्रतिस्पर्धी छनोटमा परेका थिए ।कोच दिपबाट विकास लिम्बु, कोच राजुबाट सनिस श्रेष्ठ, त्यस्तै कोच आस्थाबाट आरिफ राउफ र कोच प्रमोदबाट राम लिम्बु फाइनलमा छनोट भएका थिए ।
शनिवार भएको ‘द भ्वाइस नेपाल २’ ग्राण्ड फिनालेबाट उनलाई दर्शकको भोटको आधारमा छनौट गरिएको हो ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...