Thursday 26th March 2026

राष्ट्रपति विद्यादेवी भण्डारीबाट १३ औं सागको भव्य कार्यक्रम बिच उद्घाटन


तितोपाटी – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आइतबार भव्य रूपमा उद्घाटन भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले  १३ औं सागको औपचारिक उद्घाटन गरेकी हुन् ।

३ घण्टा भन्दा बढी समय चलेको उद्घाटन समारोहमा नेपाली मौलिक संस्कृति झल्कने विभिन्न प्रस्तुति देखाइएको थियो । राष्ट्रपतिको आगमनपछि मार्चपासबाट शुरु भएको उद्घाटन समारोहमा नेपालको झण्डा भारोत्तोलनका कमलबहादुर अधिकारीले बोकेका थिए । उद्घाटनको बेला गरिएको आतिशबाजीले चिटिक्क रंगशाल क्षेत्र निरन्तर चम्किएको थियो। नेपालको मौलिकता झल्किने विभिन्न सांस्कृतिक झाँकीहरुको प्रदर्शन गरिएको उक्त समारोहमा राष्ट्रपतिको सम्बोधन अघि सातै राष्ट्रका खेलाडीले मार्चपास गरेका थिए ।यस्तै कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विष्टले सागको दिप प्रज्वलन गरेका थिए ।त्यसपछि खेलाडी, रेफ्री र निर्णायकले शपथ खाएका थिए ।

उद्घाटन समारोहको मुख्य आकर्षणको रुपमा रहेको स्वागत नाचमा सहभागी देशका झण्डा र सागमा समावेश खेलको एनिमेसन प्रस्तुत गरिएको थियो । यस्तै १५०० जनाको मास क्यालिस्थेनिक प्रदर्शनी प्रस्तुत गरिएको थियो भने गायक दीपक बज्राचार्यले सांगीतिक प्रस्तुति दिएका थिए भने कुन्ति मोक्तान, आनन्द कार्की, ईन्दिरा जोशी, सत्यराज आचार्य र मिलन नेवाले साग गीत प्रस्तुत गरेका थिए ।

१३ औं सागमा ७ देशका २७ सय भन्दा बढी खेलाडीले ३१७ स्वर्ण, ३१७ रजत र ४८१ कास्यका लागि १० दिनसम्म प्रतिस्पर्धा गर्ने छन्। सन् १९८४ मा नेपालबाटै शुरु भएको सागको आठौं संस्करण नेपालले १९९९ मा र २०१९ मा गरी तेस्रो पटक आयोजना गरेको हो ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...