Thursday 2nd May 2024

अर्घाखाँचीको नरपानीमा बस दुर्घटना ८ जनाको मृत्यु


तितोपाटी- अर्घाखाँचीमा बस दुर्घटना भएको छ । सन्धीखर्क नगरपालिका–६, नरपानीमा उक्त बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले अहिलेसम्म ५ जना पुरुष र तीन जना महिला गरी ८ जनाको मृत्यु भएको पुष्टि गरेको छ।

५ नं. प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहले सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २१४८ नम्बरको गाडी सडकबाट करिब चार सय मिटर तल खसेको बताए ।उनका अनुसार घटनामा ११ जना घाइते छन् । घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ भने अन्यलाई बुटवलतर्फ लगिएको छ । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रकाश विष्टको कमाण्डमा खटिएको टोली थप घाइतेको उद्दार गरिरहेको प्रदेश प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

फूल जस्तै हामी नानी हामीजस्तै फूल फूलबारीमा डुल्ने गर्छन् पुतलीका हुल... यी गीति हरफहरु गीतकार प्रकाश सुवेदीले रचना गरेका हुन्…

नसोधेर दिलमा, सजायौ तिमीले शान्त मन चञ्चल बनायौ तिमीले .... भन्न त भन्छन् यहाँ ‘माया आफै हुन्छ लाउन पर्दैन’ भनेर…

नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा‘सधैं देख्ने सपनाको’गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनी…

प्रतिकृयाहरू
...