Monday 12th October 2026

दुई श्रीमतीका नाममा बैंकका तत्कालिन अधिकृतको घोटला


कृषि विकास बैंक स्वयम्भूका तत्कालिन शाखा अधिकृत केदारप्रसाद गौतमलाई ३४ करोड बिगोसहित अदालतमा मुद्दा दायर गरिएको छ। शाखा अधिकतृ गौतमले नक्कली नागरिकता बनाएर भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको हो।

आफ्नो नाम तेजबहादुर थापा बनाएर उनले नागकिरता तथा राहदानीसमेत लिएको पाइएको छ। अख्तियारले उनका दुई श्रीमतीसहित ८ जनालाई पनि प्रतिवादी बनाइएको छ। कृषि विकास बैंक शाखा कार्यालय स्वयम्भूका तत्कालीन शाखा प्रबन्धक भरतबहादुर बानियाँ दोषी करार गरेर अख्तियारले मुद्दा दायर गरेको छ। उनलाई ३४  करोड नै बिगो मागदाबी गरिएको छ। शाखा अधिकृत गौतमसमेतले २०७१ असोजदेखि २०७२ असारसम्मको अवधिमा गैरकानूनी तबरबाट ३३ करोड ९३ लाख रकम निकाली बैंकलाई हानि नोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ।

बानियाँले शाखा प्रबन्धकको हैसियतले आफू कार्यरत बैंकको रेमिटसमेतको आर्थिक कारोबार, कर्मचारीहरुको रेखदेख र नियन्त्रण, व्यवस्थापन, अभिलेख जाँच र व्यवस्थापनसमेतको सम्पूर्ण जिम्मेवारी र दायित्व गम्भीरतापूर्वक वहन गर्न नसकेको अख्तियारको आरोप पत्रमा उल्लेख छ। गौतमकी जेठी श्रीमती सम्झना पोखरेल गौतम र कान्छी श्रीमती जेनी श्रेष्ठ गौतम उक्त रकम दुरुपयोग गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।  जेठी श्रीमती सम्झना पोखरेल गौतमले आफ्ना श्रीमान गौतमले बैंकबाट अनियमित तबरबाट निकालेको रकमबाटै कर्जा तिर्ने गरेको भेटिएको छ। त्यस्तै जेठी श्रीमती पोखरेल गौतममाथि गैरकानूनी तबरबाट निकालेको रकमको कारोबार गर्न बैंक खाता खोल्ने र बन्द गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको, आफ्नो नाममा भएका जग्गा जमिन सबै बेचेर अनियमित तरिकाबाट प्राप्त भएको रकम लुकाउन र प्रयोग गर्ने दुराशयपूर्ण उद्देश्यबाट भारततर्फ नै बसाइसराइ गरी गएको आरोपपत्रमा उल्लेख छ।

अख्तियारका अनुसार गौतमकी कान्छी श्रीमती जेनी श्रेष्ठ गौतमले आफ्नो श्रीमानलाई नेपालबाट फरार भई विदेश जाने कार्यमा सहयोगीको भूमिका निभाउँदै नक्कली नागरिकता र राहदानी बनाई भारतमा गई बसेको भन्ने जानकारी हुँदाहुँदै उक्त कसुरबाट प्राप्त रकम लुकाउन र प्रयोग गर्ने कार्यमा संलग्न देखिएको छ।

-अन्नपूर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

भारतमा मतदाता सूची संशोधनलाई लिएर विवाद बढ्दै गएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको दललाई फाइदा पुग्ने गरी मतदाता सूचीबाट…

अजरबैजान सरकारले विद्यालयमा धर्मनिरपेक्ष पोसाक नियम लागू गर्दै हिजाब लगाउन अप्रत्यक्ष रूपमा रोक लगाएपछि देशभर विरोध प्रदर्शन सुरु भएका छन्।…

यमनका हुथी विद्रोहीहरूको लगातार ड्रोन तथा मिसाइल आक्रमणपछि साउदी अरेबियाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन हाल केहि समयका लागि…

प्रतिकृयाहरू
...