Sunday 12th April 2026

श्रम स्वीकृति सहजीकरणको लागि वैदेशिक रोजगार विभाग “इ-टोकन र म्यासेजिङ” को ब्यवस्था गर्दै


तितोपाटी – श्रम स्वीकृतिका लागि आवेदन गर्नेहरूका लागि वैदेशिक रोजगार विभागले इ-टोकन र म्यासेजिङ सेवा शुरू गर्ने भएको छ । विभागले यस अघि नै इ-स्टीकर सेवा शुरू गरि सकेको छ भने इ-टोकन र म्यासेजिङ सेवा यही मङ्सिर १५ गतेदेखि शुरू हुने बताइएको छ ।

इ-टोकन अर्थात विद्युतीय पालो प्रणालीले श्रम स्वीकृतिका लागि अनलाईन फाराम पेश गर्नेबित्तिकै श्रम स्वीकृति पाउने पालो कुन दिन पर्छ भन्ने कुरा थाहा हुने विभागले जनाएको छ। इ-टोकन सेवाबाट
सेवाग्राहीले कुन कार्यालयबाट श्रम स्वीकृति लिने हो त्यो रोज्न पाउने र जुन कार्यालयमा छिटै पालो आउँछ त्यो कार्यालयसमेत रोज्न पाउने छन् । यसबाट फारम स्वीकृत हुनेबित्तिकै कार्यालयमा लाइनमा बस्नुपर्ने छैन ।

त्यसै गरी म्यासेजिङ सेवा(मोबाइलमा एसएमएस जाने )ले सेवाग्राहीले फारम बुझाइसकेपछि श्रम स्वीकृति अस्वीकृत हुने भएमा वा थप कागजात पेश गर्नुपरेमा मोबाइलमा म्यासेज पठाउने छ । श्रम स्वीकृतिको जानकारीको बारेमा पनि मोबाइलमा मेसेज आउने विभागले जनाएको छ । सो को लागि सेवाग्राहीले अाफुले चलाइरहेको इमेल र फोन नं. राख्न पनि विभागले अनुरोध गरेको छ ।

अनलाइन भुक्तानीको लागि लामो समयदेखिको प्राविधिक तयारी पश्चात सेवा प्रदायकसँग सम्झौताको चरणमा विभाग पुगेको जनाउँदै यो प्रणालीले बीमा र कल्याणकारी कोषको पैसा तिर्न बैङ्कमा जानुपर्ने वा विचौलियाको सहयोग लिनुपर्ने अबस्थाको अन्त्य हुने जनाएको छ ।

कामदार छनौट प्रणालीलाई पारदर्शी र अनुमानयोग्य बनाउन अनलाईन प्रणाली समेत तयार भै लागू गर्न अवस्थामा पुगेको बताउँदै सम्बन्धित सरोकारवालालाई ओरिएन्टेशन दिएपछि यो प्रणाली समेत लागू हुने विभागले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

जन सम्पर्क समिति कुवेतका संरक्षक राजेन्द्र विरहीले एक नेपाली महिला श्रमिकलाइ स्वदेश फर्कन सहयोग गरेका छन् । नेपाली कांग्रेस महासमिति…

खोटाङ कुवेत सम्पर्क मञ्चको पूर्व निर्धारित दोश्रो सांगीतिक कार्यक्रम स्थगित भएको छ । खोटाङ कुवेत सम्पर्क मञ्च कुवेतले अागामी मिती…

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

प्रतिकृयाहरू
...