Wednesday 25th March 2026

तमु समाज कुवेतको “तमु ल्होसार” आगामी जनवरी १० मा हिजुल कबडमा हुने


तितोपाटी – तमु समाज कुवेतले तमुहरूको महान चाड “तमू ल्होसार” आगामी १० जनवरी २०२० को दिन कुवेतको हिजुल कबड एरियामा बिभिन्न सांस्कृतिक र मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरि मनाउने भएको छ ।  “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नाराका साथ २५ डिसेम्बर २००९’मा स्थापित नेपाली समाज कुवेतको सबै भन्दा जेष्ठ जातिय संस्था ‘तमू समाज कुवेत’ले आफ्नो महान चाड चि-ल्हो (मुसा) तमू ल्होसार आगामी जनवरी १० मा मनाउने भएको हो ।

प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातिय पहिचान, भाषा, सँस्कार र सँस्कृतिको संरक्षण गर्नुको साथै विभिन्न सामाजिक र मानविय सेवाका कार्यमा निरन्तर लागि पर्दै आइरहेको तमू समाज कुवेतले हरेक वर्ष तमू ल्होसार भब्यताको साथ मनाउदै आइरहेको छ। तमू समाज कुवेतले “तमू ल्होसार” (चि-ल्हो बर्ग) को ल्होसार कार्यक्रमलाइ भव्य र सभ्य रूपमा सफल बनाउनको लागि आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य र गीतहरुले अतिथिहरुलाई समाजका कलाकार भाई बहिनीहरुको जोडदार प्रस्तुती रहने जानकारी दिएको छ भने कार्यक्रमको लागि हलको खोजीमा रहेको र हल्ल्को टुंगो चाडै नै लगाएर सार्वजनिक गरिने पनि अध्यक्ष गुरूङले बताए ।

“तमू ल्होसार” कार्यक्रममा गरिमामय उपस्थितिको लागि नेापली राजदूतावास कुवेत लगायत कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी,  पत्रकार, बुद्धिजिवि, समाजसेवी, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रम लाई सफल बनाउन सहयोग गर्न अनुरोध गर्दै उक्त दिन कुवेतमा कृयाशिल संघ सँस्था लगायत कसैले पनि कुनै पनि प्रकारका कार्यक्रमहरू नजुधाइ दिनुहुन पनि तमु समाज कुवेतले आग्रह गरेको छ ।

तमु ल्होसार कार्यक्रमको विवरणः
आयोजक : तमू समाज कुवेत ।
कार्यक्रम : तमू ल्होसार ।
स्थान :हिजुल कबड एरिया ।
मिति: १० जनावरी २०२० शुक्रबार ।


सम्बन्धित शीर्षकहरु

-गुलाम नवि मन्सुर/कुवेत नेपालको राजनीतिक इतिहासमा आगामी १३ गते हुन गइरहेको नयाँ प्रधानमन्त्रीको शपथ ग्रहण तथा मन्त्रिपरिषद् विस्तार केवल एउटा…

यो युद्ध कहाँ जाँदैछ र किन अन्त्य गर्न गाह्रो छ?”—वास्तवमा अहिलेको मध्यपूर्वको सबैभन्दा जटिल र निर्णायक प्रश्न हो। यहाँ सतहमा…

मध्यपूर्वको अस्थिर भू-राजनीतिक परिदृश्यबीच हालै विकसित घटनाक्रमले फेरि एकपटक अन्तर्राष्ट्रिय शक्तिहरूबीचको गहिरो अविश्वासलाई उजागर गरेको छ। Group of Seven द्वारा…

प्रतिकृयाहरू
...