Friday 11th September 2026

नेविसंघद्वारा, प्रधानमन्त्रीको राजीनामा माग


तितोपाटी-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत मागेको छ ।

काठमाडौंको चाबहिलमा मंगलबार गरिएको प्रदर्शनमा प्रधानमन्त्री राष्ट्रियता जोगाउन असफल भएकाले राजीनामा दिनु पर्ने नेविसंघको भनाइ छ ।
प्रदर्शनमा सहभागीहरुले ‘सरकार कता हरायो ? राष्ट्रियता जोगाउन किन डरायो ?, ‘केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो’ जस्ता नारा लेखिएका प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डाका साथ नारा जुलुस गरेका थिए ।गत शुक्रबार पनि नेविसंघले नेपालको सीमा मिचिएको विरुद्धमा प्रदर्शन गरेको थियो ।

मंगलबारको प्रदर्शनमा भने नेपाली भूमि जोगाउन नसकेको भन्दै उनीहरुले सरकारप्रति चर्को आक्रोश पोखे ।भारतले केही दिन अघि मुलुकको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । उक्त नयाँ नक्सामा नेपालको लिपुलेक, लिम्पियाधुरालगायतका भूमी आफ्नो क्षेत्रमा समेटेको छ ।भारतले जारी गरेको नयाँ नक्सालाई लिएर पछिल्लो समय देशभर विरोध प्रदर्शन भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...