Sunday 16th June 2024

नेविसंघद्वारा, प्रधानमन्त्रीको राजीनामा माग


तितोपाटी-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा विरोध प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत मागेको छ ।

काठमाडौंको चाबहिलमा मंगलबार गरिएको प्रदर्शनमा प्रधानमन्त्री राष्ट्रियता जोगाउन असफल भएकाले राजीनामा दिनु पर्ने नेविसंघको भनाइ छ ।
प्रदर्शनमा सहभागीहरुले ‘सरकार कता हरायो ? राष्ट्रियता जोगाउन किन डरायो ?, ‘केपी ओलीको राष्ट्रवाद हेरियो, राष्ट्रकै नक्सा फेरियो’ जस्ता नारा लेखिएका प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डाका साथ नारा जुलुस गरेका थिए ।गत शुक्रबार पनि नेविसंघले नेपालको सीमा मिचिएको विरुद्धमा प्रदर्शन गरेको थियो ।

मंगलबारको प्रदर्शनमा भने नेपाली भूमि जोगाउन नसकेको भन्दै उनीहरुले सरकारप्रति चर्को आक्रोश पोखे ।भारतले केही दिन अघि मुलुकको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । उक्त नयाँ नक्सामा नेपालको लिपुलेक, लिम्पियाधुरालगायतका भूमी आफ्नो क्षेत्रमा समेटेको छ ।भारतले जारी गरेको नयाँ नक्सालाई लिएर पछिल्लो समय देशभर विरोध प्रदर्शन भइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर…

LuLu हाइपरमार्केटको रोमाञ्चक ‘LuLu Let's Connect’ अन्तर्गत Motorola द्वारा संचालित प्रमोसन जुन १३ जुन देखि २२ जुन सम्म हाइपरमार्केटका सबै…

चीनमा शनिबारदेखि लागू हुने नयाँ चीन तटरक्षा सम्बन्धी नियमले अधिकारीहरूलाई दक्षिण चीन सागरको विवादित क्षेत्रमा विदेशीहरूलाई बिना कुनै परीक्षण ६०…

प्रतिकृयाहरू
...