Saturday 11th April 2026

कालापानी र लिपुलेक भारतको नक्सामा, भारतको दादागिरी नेपालले नमान्ने


तितोपाटी – भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक समेत गाभेको छ भने नेपालले भारतले एकतर्फी रूपमा सार्वजनिक गरेको नक्सा स्वीकृत नगर्ने जनाएको छ । परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति निकाल्दै भारतको नयाँ नक्सा मान्य नहुने बताएको हो ।

बुधबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै एक पक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाललाई मान्य नहुने उल्लेख गरेकोछ । यस्तै, कालापानी क्षेत्र नेपालको भू–भाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट रहेको कुरापनि विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धि विषयहरुको दुवै पक्षको आपसी सहमतिमा टुंग्याउनुपर्ने र एक पक्षीय ढंगबाट गरिने कुनैपनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ । ’

मन्त्रालयले सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवं तथ्य प्रमाणहरुको आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको समेत उल्लेख गरेको छ ।

सञ्चार माध्यमहरुमा नेपाली भूभागलाई गाभेर भारतले नयाँ नक्सा जारी गरेको विषयलाई लिएर विरोध हुँदै आएको छ भने यस विषयलाई लिएर देशभर व्यापक विरोध भइरहेको छ। सरकार पक्षका विद्यार्थी संगठन र विपक्षी विद्यार्थी संगठनहरू “गो ब्याक इ्न्डिया” भन्दै प्रदर्शनमा उत्रिएका छन् । नेकपा विप्लव समुहले त अान्दोलनको घोषणा गरिसकेको छ ।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिः


सम्बन्धित शीर्षकहरु

इस्लामाबादमा अमेरिका र ईरानबीच जारी उच्चस्तरीय वार्ता निर्णायक मोडमा पुगेको छ। ईरानी सरकारी टेलिभिजन IRINN ले स्पष्ट चेतावनी दिँदै आफ्ना…

तीतोपाटी - जन-जागृति युवा समाज कुवेतले नेपाली नयाँ वर्ष २०८३ को भित्तेपात्रो सार्वजनिक गरेको छ । विगत १६ वर्षदेखि हरेक…

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

प्रतिकृयाहरू
...