Thursday 10th September 2026

नेवाः गुठी कुवेतको म्हपूजा नोभेम्बर १ तारिक युनिक अडिटोरियम हलमा हुने


तितोपाटी – नेवाः गुठी कुवेत पुनर्गठन सँगै घोषणा गरिएको म्हपूजा नेवाः गुठी कुवेतले अागामी नोभेम्बर १ तारिक शुक्रबार गर्ने भएको छ । यहि अक्टोबर २५ तारिक कुकुर तिहारको दिन गर्ने भनिएको म्हपूजा विशेष कारणवस उक्त दिन गर्न असमर्थ रहे पछि अागामी शक्रबार १ नोभेम्बरको दिन फरवानिया स्थित युनिक अडिटोरियम हलमा म्हपूजा गर्न लागिएको कुरा नेवाः गुठी कुवेतका प्रथम उपाध्यक्ष राजन श्रेष्ठले तितोपाटी डट कम सँगको कुराकानीमा बताए ।
संस्कृति हराए हाम्रो पहिचान हराउने छ भन्ने मनसायका साथ २०११ मा स्थापना भएको नेवाः गुठी कुवेत पुनर्गठन पश्चात पहिलाे कार्यक्रमको रूपमा कुवेत नगरीमा म्हपूजा र नेपाल संवत ११४० मनाउन लागेको गुठी कुवेतले विविध कारणवश विगतको केहि वर्ष नेवाः परम्पराको जगेर्नाको लागि चुस्तरुपमा लाग्न नसकिए पनि अब भने नेवा सभ्यता र परम्पराको जगेर्ना गर्न लागि पर्ने जनाएको छ ।
म्हपूजा कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएकाे जनाउँदै संस्थाका अध्यक्ष सुरज मास्केले नेवाः परम्परा, संस्कृतिको जगेर्ना गर्ने प्रमुख उद्येश्यका साथ नेवाः गुठी अघि बढेकाे बताए । नेपाल भाषालाइ लोप हुन नदिन कुवेतमा पनि हरेक महिनाको एउटा शुक्रबार नेपाल भाषा सिकाउने योजना रहेको पनि मास्केले बताए । म्हपूजा विलकुलै नेपाली मौलिक चाड हाे भन्दै यस कार्यक्रम मार्फत म्हपुजा भनेको के हो र किन गरिन्छ? भन्ने बारेमा समेत जानाकारी गराइने बताउँदै नेपाल संवत किन सबै नेपालीहरुको सवंत हो र कसरी यो संवतको सुरुवात भयो? भन्ने बारेमा समेत यस कार्यक्रममा जानाकारी गराइने अध्यक्ष मास्केले बताए । नेपालको जुनसुकै मौलिक परम्पराको बारेमा हरेक नेपाली जानाकार हुनु पर्छ र मौलिक परम्पराको विकास नै समृद्धीको पहिलो कसी हो भन्दै अध्यक्ष मास्केले संस्कृति र परम्परा जाेगाउन सबै मिलेर लागि पर्नु पर्ने बताए ।
नेवाः गुठी कुवेतले कुवेतमा कार्यरत सबै नेवाः दाजुभाइ तथा दिदीबहिनीहरूलाइ म्हपूजा कार्यक्रम बारे जानकारी गराइ सकिएको जनाउँदै यदि कसैलाइ जानकारी नभएको भएमा यसै समाचारलाइ अाधार मानी म्हपुजामा कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ भने म्हपुजा गर्न चाहने दाजुभाइ तथा दिदीबहिनीहरूले बिहिबार साँझ सम्म तपसिल बमोजिमका पदाधिकारीहरूलाइ सम्पर्क गरि अाफ्नो नाम टिपाउन पनि अाग्रह गरेको छ ।
तपसिल
अध्यक्ष – सूरज मास्के +965510 94172
कोषाध्यक्ष- जुजुकाजी महार्जन +96594032941
सस्कृति प्रमुख- उदास श्रेष्ठ +96569069795

म्हपूजा कार्यक्रमको विवरण
स्थानः युनिक अडिटोरियम हल फरवानिया ।
मितिः १ नोभेम्बर २०१९ शुक्रबार
समयः बेलुका ५ः३० बजे देखि ।


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...