Thursday 5th March 2026

विदेशबाटै पुन:श्रम स्वीकृतिमा किन हुँदैछ ढिलाई ?


तितोपाटी- बैदेशिक रोजगारीमा विदेश गएका कामदारको लागि विदेश बाट नै श्रम स्वीकृति दिने कार्य अझै अनिश्चित बनेको छ । मन्त्रालय गत समन्वय र अनलाइन सिस्टममा आवश्यक प्राविधिक व्यवस्था गर्न नसक्दा विदेश बाट नै श्रम स्वीकृति दिने कार्यका लागि कामदारहरुले अझै केहि समय कुर्नुपर्ने देखिएको छ।
सरकारले पुन: श्रम स्वीकृति कै लागि नेपाल आउनुपर्ने बाध्यता हटाउनको लागि बैदेशिक रोजगार नियमावलीको पाँचौं संसोधन गर्दै विदेश बाट नै श्रम स्वीकृति दिने व्यवस्था गरेको थियो । विदेशस्थित राजदुतावास र कुटनैतिक नियोगहरु मार्फत नै श्रमिकले रि-इन्ट्रीको ब्यबस्था गर्न सक्नेगरि नियमावली संसोधन गरिएपनि आवश्यक तयारी पुरा हुन सकेको छैन ।
किन ढिलाई
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयक प्रवक्ता डा। नारायण रेग्मीले बताए । श्रम मन्त्रालयसंग सहकार्य गर्दै श्रम स्वीकृति दिने कार्यका लागि सहजीकरण गर्न सबै राजदुतावास र कुटनैतिक नियोगहरुलाई पत्राचार गरिसकेको परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारीले बताए ।
अनलाइन र भुक्तानीको विषयमा कुरा मिलिनसकेको बैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईले जानकारी दिए । दुतावासहरुमा सिस्टम कुरा पुगिनसकेको तथा कर्मचारीको व्यवस्था गर्नुपर्ने विषयमा परराष्ट्र मन्त्रालयसंग कुरा भैरहेको उनले बताए। अनलाइन सिस्टमका विचमा लिंक गर्ने काम भैरहेको उनको भनाई छ । विभागले बीमाको रकम र कल्याणकारी कोषको रकम अनलाइन भुक्तानी गर्न मिल्ने प्रणालीको विकास गरिसकेकाले अब धेरै समय कुर्न नपर्ने उहाँको भनाइ छ ।
विभागका अनुसार कल्याणकारी कोषको अनलाइन भुक्तानीको सफल परीक्षण भइसकेको र बीमाको अनलाइन भुक्तानीको लागि केही प्राविधिक कुरा टुँग्याउन मात्रै बाँकी छ ।वैदेशिक रोजगार नियमावलीको पाँचौं संशोधनले विदेशस्थित नेपाली नियोगबाटै पुनः श्रम स्वीकृति लिन सकिने कानुनी व्यवस्था गरेको छ ।एक कामदारले कम्तिमा दुई पटक सम्म विदेशमा नै श्रम स्वीकृति (रि-इन्ट्री) गर्न सक्ने व्यवस्था गरेको छ । आफ्नो भिसा अबधि थपेर विदेसमा थप अवधिसम्म काम गर्नेहरुलाई सहज हुनेछ। यो खबर, साझा सवालमा मनोज पराजुलीले लेखेका छन्।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...