Friday 31st October 2025

आज फूलपाती, गाेरखा दरबारको फूलपाती हनुमानढोका ल्याइँदै


तितोपाटी- बडादशैंको सातौं दिन आज फूलपाती । शक्तिपीठ र दशैं घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याउने प्रचलन छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा फूलपातीका रुपमा भित्र्याइन्छ ।यसरी भित्र्याइएको नवपत्रमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आह्वान गरेर पूजा पनि गरिन्छ ।आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने दसैं अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल पनि आजैबाट बढेको छ ।
पेसा र व्यवसायका लागि मूलघरबाट टाढा रहेका मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम पनि जारी छ ।यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम अनि मसीदानी आदिको पनि पूजा गरिन्छ । किसानहरू यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउँछन् । परम्परा अनुसार गोरखा दरबारको दशैंघरबाट पठाइएकाे फूलपाती काठमाडाैँ ल्याइन्छ । जमलमा ल्याई प्रोसेशन र हर्ष-बढाइँका साथ हनुमानढोका स्थित दशैँघरमा भित्र्याइन्छ । साेही प्रचलन अनुसार आज पनि गाेरखा दरबारकाे फूलपाती हनुमानढाेका भित्र्याइँदैछ


सम्बन्धित शीर्षकहरु

वासिङ्टन: संयुक्त राज्य अमेरिकाले मंगलबार मालीमा रहेका अमेरिकीहरूलाई तुरुन्तै व्यावसायिक उडानहरू प्रयोग गरेर देश छोड्न चेतावनी दिएको छ, किनकि अल-कायदासँग…

कुवेतले लागूऔषध र मनोरोगजन्य पदार्थ विरुद्धको आफ्नो जारी लडाईमा निर्णायक कदम चालेको छ। मन्त्रिपरिषद्ले लागूऔषध ओसारपसार र सम्बन्धित अपराधका लागि…

अक्टोबर १७ मा बेरेजोभ्स्की शहरमा आफ्नी श्रीमती ४९ वर्षीया ओल्गा ब्लिनोभालाई ठूलो भान्साको धागोले छुरा प्रहार गरेको स्वीकार गरेपछि रफिस…

प्रतिकृयाहरू
...