Wednesday 30th September 2026

तिमी लजाउँदा


गुलाफको फूल राम्रो काँडा भएपनि ।
मुटु भित्र तिमी बस्यौ टाढा भएपनि ।।

अर्को जुनी भेट होला कोसिश गरे पक्कै ।
पर्खी बस्छु दोबाटोमा आईदेउ बरू झट्टै ।।

सोचेको छु राम्रै भाछ पिरतीको माला ।
दुबै अझै नजिक भए जीबन राम्रो जाला ।।

झुकेको छ मेरो शीर तिम्रो दिलभित्र ।
लुकी लुकी हेर्ने गर्छु तिम्रो मानचित्र ।।

सपनालाई देखेपछि पुरा गर्नुपर्छ ।
कैले कैलै मिठा मिठा कुरा गर्नुपर्छ ।।

भेट भयो चिनाजानी, पिरतीको गाँठो ।
अझै नजिक भईदेउ तिमी लजाउनुको साटो ।।

रचनाकार छबिराम सुनार ( निर्दोष)
डेढगाउँले भान्जा
बौदीकाली 2 नवलपुर
हाल – कुवेत


सम्बन्धित शीर्षकहरु

अमेरिकाको लस एन्जलसमा सम्पन्न एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) २०२६ मा म्याडोना र टेलर स्विफ्टले वर्चस्व कायम गरेका छन्। म्याडोनाले…

असोज ९ देखि ११ गतेसम्मको लगातार वर्षापछि बागलुङका निसीखोला र तमानखोला क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्। बाढीपहिरोका कारण १२…

मनाङको घट्टेखोलाबाट आएको लेदोसहितको बाढीले मर्स्याङ्दी नदी अझै पूर्ण रूपमा खुल्न सकेको छैन। नदी पुलको दायाँ र बायाँबाट बगिरहेको भए…

प्रतिकृयाहरू
...