Friday 20th March 2026

नेपाल कम्युनिष्ट पार्टी र चिनिया कम्युनिष्ट पार्टी बिच पार्टीगत सहयोग सम्बन्धी ६ वुंदे सम्झाैता


तितोपाटी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीच मंगलबार पार्टीगत सहयोग आदान-प्रदान गर्ने सम्झौतामा दुईपक्षीय समझदारी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेपाल भ्रमणमा रहेका सीपीसी विदेश विभाग प्रमुख सङ ताओ र नेकपा विदेश विभाग प्रमुख माधव नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतामा ६ बुँदा समेटिएका छन् जुन यस प्रकार रहेका छन् ।

१. उच्चस्तरीय भ्रमण

२. कार्यकर्ता तहको अध्ययन भ्रमण बृद्धि

३. पार्टी-पार्टी अनुभव आधारित सहयोग आदान-प्रदान

४. युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान-प्रदान

५. जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि

६. विचार-सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन

दुवैपक्षीय भ्रमण, प्रशिक्षण अध्ययन अनुसन्धान लगायतका कामलाई पार्टी च्यानलबाट व्यवस्थित गर्नका लागि समझदारी भएको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। यसअघि पूर्व एमाले र पूर्वमाओवादीबीच सीपीसीको छुट्टाछुट्टै सम्बन्ध थियो। एकता भएपछि पनि दुवै पार्टीका च्यानलबाट सीपीसीले काम गर्दै आएको थियो। अब पार्टी एकिकृत भएकाले अब एउटै पार्टी च्यानलबाट सम्बन्ध अघि बढ्नेछ। अब नेकपा र सीपीसीबीच विचार आदानप्रदान र दुईपक्षीय भ्रमणहरु हुनेछन्।

नेकपा स्कुल विभाग र सीपीसीको विदेश विभागको आयोजनामा सोमबारबाट ‘सी विचारधारा’ माथि छलफल चलिरहेको छ। यो छलफलमा चिनियाँ राष्ट्रपति सी चिनफिङको विचारधारामाथि बहस भइरहेको छ। सीपीसीका तर्फबाट संगठन विचार पार्टी अनुशासन लागयतका विषयमा कार्यपत्र प्रस्तुत भइरहेका छन्।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...